विपक्षीले नयाँ सरकारको दाबी पेश गरेको दुई घण्टा नबित्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
उनले साँझ ७ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए।
विपक्षीले १४९ सदस्यसहित नयाँ सरकारको दाबी गर्नुपूर्व उनले पनि १५३ सदस्यसहित नयाँ सरकारको दाबी पेश गरेको उनी पक्षीय नेताहरुले बताएका छन्।