जोखिमलाई प्रवाह नगरि निरन्तर कोभिड १९ संक्रमित तथा अन्य विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको कामलाई प्रोत्साहन गर्न यहाँको कोशेली डेरी उद्योगले दुध उपलब्ध गराएको छ ।
शनिबार उक्त डेरी उद्योगले सिन्धुली अस्पताल तथा अस्पतालले नै सञ्चालन गरेको कोभिड १९ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको प्रोत्साहन स्वरुप ४० लिटर दुध सहयोग गरेको हो ।
काममा खटिएका स्वास्थ्यकर्मीको मनोवल बढाउनका लागि दुध सहयोग गरिएको कोशेली डेरी उद्योगका सञ्चालक विमला काफ्लेले बताईन ।
उनले अस्पतालमा पुगेर अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेल र अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. उमेश प्रधानलाई दुधको क्यान हस्तान्तरण गरेकी हुन ।