कोरोना संक्रमितको संख्या श्वात्तै ह्वात्तै बढ्यो

सिन्धुली जिल्लामा आज ५ जना नागरिक कोरोनालाई जितेर घर फर्केका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका र तिनपाटन गाउँपालिकाका संक्रमित संख्या ह्वात्तै बढेको छ ।

कमलामाई नगरपालिकामा २ सय १० जना, दुधौली नगरपालिकामा १ सय ३० जना, मरिण गाउँपालिकामा ८५, सुनकोशी गाउँपालिकामा ५६, तिनपाटन गाउँपालिकामा ४३ जना संक्रमित रहेको माझीले बताउनुभयो ।

उनका अनुसार फिक्कल गाउँपालिकामा १३ जना, गोलञ्जोर गाउँपालिकामा ७ जना, घ्याङ्लेख गाउँपालिकामा ८ जना र हरिहरपुरगढी गाउँपालिकामा ६ जना संक्रमित रहेका छन ।