राष्ट्रियसभामा रिक्त सिटका लागि बिहीबार बागमती प्रदेशमा उपनिर्वाचन अन्तर्गत बिहान ९ बजेपछि मतदान सुरु हुने निर्वाचन आयोगले जनाएको छ । प्रदेशको अन्य समूह तर्फ रिक्त सिटका लागि मतदान हुन लागेको हो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा दुई मतदान केन्द्र तोकिएको छ ।
उपनिर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल, विपक्षी गठबन्धन समूहका खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।
बादल एमालेका हुन् भने देवकोटा स्वतन्त्र उमेदवार हुन् । उनलाई कांग्रेस, एमाओवादी र माधव समूहको समर्थन रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बादलको पक्षमा मत हाल्न चेतावनीसहितको अपील गरेका थिए । बादलको चुनाव चिह्न सूर्य हो । निर्वाचनको प्रतिस्पर्धामा वादल अगाडि देखिएकाछन् ।
यो उपनिर्वाचनमा बागमतीका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । बागमती प्रदेशसभा सदस्य ११० छन् । प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरि २३८ छन् । कुल मतदाता संख्या ३४८ छ ।