अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ११ लाखभन्दा बढी भएको छ। कोरोनाभाइरसको विश्वव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण अमेरिकामा देखिएको हो। त्यहाँ हालसम्म ५७ हजारभन्दा बढीको यो भाइरसका कारण मृत्यु भइसकेको छ। त्यो...
सरकारले मंगलबारसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण गरेको छ। १० हजार ८ सय ७ को पिसीआर प्रविधिबाट परीक्षण गरिएको हो भने ४४ हजार १९ जनाको आरडिटी गरिएको छ। जम्मा  १ हजार १ सय ९३ जनाको...
लामो रस्साकस्सीपछि नेकपाको केन्द्रीय सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ। मगंलबार बिहान नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भोलि बुधबार सचिवालय बैठक डाक्ने सहमति भएको हो। अध्यादेश प्रकरणसँगै नेकपामा चुलिएको विवाद समाधानका लागि छलफल आवश्यक रहेको...
विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको संख्या ३० लाखभन्दा माथि पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। उसका अनुसार हालसम्म विश्वका १ सय ८५ देशमा कोरोनाभाइरस फैलिइसकेको छ। विभिन्न माध्यमहरूबाट कोरोनाभाइरस सङ्क्रमितहरूको तथ्याङ्क सङ्कलन गरेर उक्त विश्वविद्यालयले विवरण सार्वजनिक गर्ने गर्छ। उक्त विश्वविद्यालयले विश्व स्वास्थ्य सङ्गठन...
प्रमुख विपक्षी दल नेपाली काँग्रेस तथा विपक्षी  जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले सङ्घीय सांसद डा सुरेन्द्र यादव अपहृत भनिएको प्रकरणमा कानूनी कारवाही अगाडि बढाउन माग गरेका छन् । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने...
दुई अध्यादेशको विषयलाई लिएर अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र बामदेब गौतम पक्षधरले स्थायी कमिटी बैठक बोलाउनु पर्ने अडान राखेपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट हटाउने षडयन्त्र थालिएको भन्दै त्रसित मात्रै...
बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबार काममा फर्किने भएका छन् । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण एक महिनापछि उनी काममा फर्किन लागेका हुन् । भाइरस संक्रमणको कारण उनले एकसाता अस्पतालमा बिताएका थिए । जसमध्ये तीन रात उनी आईसीयूमा बसेका थिए...
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विधादेवी भण्डारीलाई भेटन सितलनिवास गएका छन । अचानक प्रधानमन्त्री ओली शितल निवास जानुलाई अर्थपूर्ण ढंगवाट हेरिएको छ । सरकारले जारी गरेको...
ओली जस्ता सुकै देखिएका होलान अहिलेको नेकपाको शक्तिमा व्यक्तिगत रूपमा सवै भन्दा बढी योगदान कसैको छ भने ओलीजी कै छ Iओलीको व्यक्तित्वले प्रचण्ड, माधव नेपाल वा झलनाथलाई कम्तीमा केही सय वा हजार भोट प्राप्त भएको होला तर ओलीको भोटमा...
काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतद्वारा सर्बेन्द्र खनाल, महेश बस्नेत र किसान श्रेष्ठबिरुद्ध सांसद सुरेन्द्र यादव अपहरणमा जाहेरी दिन अस्वीकार गरेका छन्। भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसँग अपहरित भनिएका सुरेन्द्र यादवसहित बस्नेत, खनाल र श्रेष्ठबिरुद्ध...
- Advertisement -

भरखरै प्राप्त