ओलीलाई हटाउने डिजाइनमा प्रचण्ड, माधव नेपाल वा झलनाथहरूको लामो संलग्नता आफैँमा अनैतिक हो ! केशवप्रसाद भट्टराईको विश्लेषण

ओली जस्ता सुकै देखिएका होलान अहिलेको नेकपाको शक्तिमा व्यक्तिगत रूपमा सवै भन्दा बढी योगदान कसैको छ भने ओलीजी कै छ I
ओलीको व्यक्तित्वले प्रचण्ड, माधव नेपाल वा झलनाथलाई कम्तीमा केही सय वा हजार भोट प्राप्त भएको होला तर ओलीको भोटमा ती मध्ये कसैको योगदान नहोला !
त्यसैले ओलीलाई हटाउने डिजाइनमा उहाँ हरूको लामो संलग्नता आफैँमा अनैतिक हो !

किन ओली ? स्पष्टिकरण ?

*****
*****
१. दोस्रो कार्यकालमा प्रधानमंत्री ओलीले नेपाली जनताको विवेक र सम्मानलाई बारम्बार चुनौती दिनुभएको हो I
अग्राह्य स्तरको राजनीतिक दम्भ र अहङ्कार प्रदर्शन गर्नु भएकै हो !
उक्त सवाललाई मैले समाचार माध्यम र फेसबुकमा लेख्दै आएको हूँ !
अस्तीका दिन त्यो सवाललाई जोड्दै प्रधानमन्त्री ओलीको विकल्प झन् त्राषद र भयावह हुने सम्भावनाबारे लेख्दा केही मित्रहरूले गम्भीर विमति राख्नु भयो !
लिखितमा विमति नराख्नु भए पनि मेरो त्यो पोस्ट मेरा धेरै मित्रहरूलाई चित्त नबुझेको अनुभूति मलाई छ I

*****
२. मैले राजनीतिक सवालमा आफ्ना दृष्टि निर्माण गर्दा तत्कालका सवालहरूलाई मात्रै लिने गरेको छैन I
ओलीको विकल्प काङ्ग्रेसले दिन सक्दैन त्यो कसैले कसैलाई भनिरहन परेन !
आफ्नै वलमा विकल्प काङ्ग्रेस बन्ने भए काङ्ग्रेसको भोटर भएको नाताले एउटा कुरा हुन्थ्यो होला !

*****

३. ओलीजीसँग मेरो दोहोरो चिनजान नभएकोले व्यक्तिगतरूपमा उहाँ कस्तो हुनुहुन्छ मलाई थाहा छैन I
माओवादी आतंक र अराजकताले मुलुक आक्रान्त भएको बेलामा सवैले सुन्ने गरी ठूलो आवाजमा त्यस्तो आतंक र अराजकता विरूद्ध खरो र दर्विलो आवाजमा बोल्ने र जनतालाई ढाडस दिनेमा उहाँ सवैभन्दा अघि हुनुहुन्थ्यो I

*****

४. जातीय राज्यका पक्षधरहरूले राष्ट्रलाई वरिपरीबाट डस्ने अभ्यास गरिरहँदा तिनीहरूका विरूद्ध अग्रपङ्क्तिमा रहेर कुर्लने पनि ओली नै थिए I
ओली त्यतिखेर त्यसरी कुर्लिएर राष्ट्रिय एकताको पक्षमा जनमत निर्माण हुन नसकेको भए मुलुक कुन अवस्थामा पुग्ने थियो —जो कसैले अनुमान गर्न सक्थ्यो I

*****
५. नेपाली राजनीतिमा कतिपय वाहिरी खेल सम्वन्धी प्रश्न अनुत्तरित नै छन् तर संविधान जारी हुने ताकाका आन्तरिक र वाह्य गतिविधिहरु,
संविधान घोषणा भए पछि यिनै आजका क्रान्तिकारी समाजवादी र राजपावालाहरूले मच्चाएको आतंक,
सीमानामा बसेर नेपालमा ढुङ्गामुढा गर्ने र त्यसैको नाउमा आमन्त्रित नाकावन्दी विरूद्ध राष्ट्रिय जनमतको नेतृत्व र प्रतिनिधित्व उनैले गरे I

राष्ट्रिय स्वाभिमान र अडानको नेतृत्व गरे I
राष्ट्रिय मनोवल छिन्न भिन्न हुन दिएनन !

*****
६. कोरोना महामारी अघि नेपालको आर्थिक वृद्धि दर नेपालको इतिहासमा नै सवैभन्दा बढी थियो I
एसियामा नेपालको भन्दा बढी बङ्गलादेशको मात्रै थियो I
यो आँकलन ओली सरकारको कुनै निकायको नभएर विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको थियो I

*****
७. यिनै कुराले गर्दा एउटा नागरिकको रूपमा मैले ओलीको समर्थन गरेको हो !
माथि उल्लेख गरिसकियो, तर दोस्रो कार्यकालको आरम्भ देखिनै ओलीजीका कतिपय गतिविधिहरू आलोच्य पनि रहे, गलत रहे I
त्यसकारण उनी राजनीतिक रूपमा कमजोर पनि बन्दै गए !
—–
तर पनि उनका माथि उल्लेखित सुकार्यहरूको वजन कम छैन !
आफ्ना गल्ती सच्याएर उनी आउन सके र नेपालको इतिहासमा एउटा कार्यकाल पुरा गर्ने
निर्वाचित प्रधान मन्त्री मुलुकले पाए हुन्थ्यो भन्ने लागेको हो I
अभाव रहित कोही हुन पनि सक्दैन र सधैँ भरी सुकार्य मात्रै गरिरहन सक्ने त भगवान मात्रै होलान !
*****
दृष्टान्त यस्ता पनि छन् —
८ . काङ्ग्रेसको समर्थनमा माधव नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो !
काङ्ग्रेसको पूर्ण सहयोग र समर्थन हुँदाहुँदै प्रचण्ड र झलनाथले थर्काएकै भरमा माधवजीले आफूलाई समर्थन प्रदान गर्ने दललाई जानकारी सम्म नदिई राजिनामा गर्नु भयो !
नेपालजी डराएर भाग्नु भयो !
त्यस पछि झन्डै डेढ बर्ष मुलुकले प्रधानमन्त्री पाएन ,
कामचलाउ सरकार रहिरह्यो र मुलुक चरम राजनीतिक अस्थिरताको स्थितिमा रहिरह्यो !

*****
९ . झलनाथजीलाई एकचोटी प्रचण्डले प्रधानमन्त्री बनाइदिनु भयो I
पार्टी अध्यक्ष आफैं हुनुहुन्थ्यो , प्रचण्ड गड फादर हुँदै हुनुहुन्थ्यो थाम्न सक्नु भएन, हिड्नु भयो I
ओलीजी सांसद हुनुहुन्न थियो र पार्टीमा छेऊ पारिनु भएकै थियो किन टिक्नु भएन झलनाथ जी ?

*****
१० बर्ष सम्म आफ्ना हिंसात्मक गतिविधिबाट मुलुकलाई बन्धक बनाएर,
हजारौँको हत्याको खेल रचेर आएका “महान र गौरवपूर्ण क्रान्तिका महानायक ” भनिने, मुलुकबाट राजसँस्था अन्त्य गर्ने कार्यको नेतृत्व गरेको दावी गर्ने पुष्पकमलजी आफ्नो सरकारको सेना प्रमुखले दच्काएकै भरमा भाग्नु भयो I
जङ्गलमा बसेर मुलुकलाई आफ्नो राजनीतिक मार्गमा हिंडाउन सकेको दावी गर्ने व्यक्तिले सिँह दरवारमा बसेर सानो टुंडिखेलमा अनिश्चित भविष्य बोकेर बसेका रुक्माङ्गद कटवालसँग भिड्ने हिम्मत गर्न सक्नु भएन !

*****
११. अर्कोतिर, कुमार लामाको दृष्टान्त छ I
पुष्पकमलजीले अस्ट्रेलियाको भ्रमण किन रद्द गर्नु पर्यो ?
अमेरिका भ्रमणको अवशरमा राजदुतको गाडीमा भूमिगत शैलीमा हिड्नु परेको समाचार नेपालमा पढिएको थियो I
*****
१२. पार्टीले प्रधानमन्त्री त बनाइदेला तर युरोप, अमेरिका जस्ता मुलुकमा भ्रमण गर्दा सधैँ निचोरिएर,थर्कमान भएर हिड्नु पर्यो, शिर उठाएर, आँखा जुधाएर कुरा गर्न सकिएन भने ? देशको इज्जत र प्रतिष्ठा झन् कति तल पुग्ने होला ?
भारत, चीन, उत्तर कोरिया, भेनेजुएला जस्ता मुलुक सँगकै सम्वन्धको भरमा त राष्ट्र नधानिएला !
कोरोना पछिको विश्व व्यवस्थाबारे जसले जे भने पनि विश्व व्यवस्थाको नेतृत्व अमेरिका र युरोपले नै गर्ने हो !
राजनीतिक, सामाजिक र मानवीय मूल्यहरूको निरोपण उनीहरुले नै गर्ने हो I
ती मूल्यहरूको कसीमा प्रचण्डजीको हिजोको राजनीति र हिंसा सधैँ वर्जित नै रहने छन् !

*****
१३. ल हिजो माओवादी विद्रोह ताकाका आन्तरिक र वाह्य शक्तिकेन्द्रसँग मिलेर गरेका अनैतिक षडयन्त्रहरुलाई विद्रोकालीन रणनीति मानौ रे !
अनि पछि आएर पनि एमालेसँग सरकारमा हुँदाहुँदै काङ्ग्रेससँग मिलेर अर्को सरकार बनाउने,
काङ्ग्रेससँग सरकारमा हुँदाहुँदै एमालेसँग चुनावी तालमेल र पार्टी एकता गर्ने ? गिरिजाबाबुलाई राष्ट्रपतिको लोभमा पारेर आफ्ना सवै राजनीतिक अजेन्डामा सही छाप गराउने तर जव राष्ट्रपति बनाउने कुरा आयो रामराजालाई बोकेर हिड्ने प्रचण्डजीले कुन राजनीतिक विश्वसनीयताको बलमा मुलुकमा राजनीतिक सहमति र समझदारी कायम गर्ने ?
माओवादी शिविरको अर्वौँ रकम हिनामिनामा उहाँको संलग्नताका प्रश्नहरू ???

*****
१४. ओली जस्ता सुकै देखिएका होलान अहिलेको नेकपाको शक्तिमा व्यक्तिगत रूपमा सवै भन्दा बढी योगदान कसैको छ भने ओलीजी कै छ I
ओलीको व्यक्तित्वले प्रचण्ड, माधव नेपाल वा झलनाथलाई कम्तीमा केही सय वा हजार भोट प्राप्त भएको होला तर ओलीको भोटमा ती मध्ये कसैको योगदान नहोला !
त्यसैले ओलीलाई हटाउने डिजाइनमा उहाँ हरूको लामो संलग्नता आफैँमा अनैतिक हो !
*****

१५. त्यसैले ओलीको विकल्प प्रचण्ड, माधव नेपाल वा झलनाथ नभएर घनश्याम भुसाल जस्ता तुलनात्मकरूपमा स्वच्छ छवि भएका व्यक्ति विकल्प बनेर आउँछन भने त्यो स्वागत योग्य हुन सक्ला !

*****
१६. अहिलेको ओली विरोधी अभियानमा पूर्व माओवादी र जातीय राजनीति र जातीय राष्ट्रका पक्षधरहरूको आवाज सवैभन्दा चर्को रहेको पनि बुझ्न सकिन्छ !

सामाजिक सञ्जालबाट लिइएको हो ।