प्रदेश समाचार

पर्सामा ६ महिने शिशुसहित थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणमा ६ महिनाका शिशुसहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। संक्रमण देखिनेमा ७९ वर्षका वृद्ध समेत रहेको...
कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन्। जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने चारजना युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। प्रहरी नायब उपरीक्षक...
भेन्टिलेटर र आइसियूको अभावमा सप्तरीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ की ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । शुक्रबार गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आकश्मिक कक्षमा...
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सिन्धुलीको बाहुन तिल्पुङबाट नियन्त्रणमा लिएका शिक्षक अपहरण मुक्त भएका छन् । तीनपाटन गाउँपालिका ८ तिल्पुङ्ग डाडाबाट विप्लव समुहको नियन्त्रणमा परेका शिक्षक साढे चार घण्टा पछि प्रहरीको प्रयासमा मुक्त भएका हुन् । भिमसेन आधारभूत...
पूर्व­पश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने बर्दिवास नगरपालिका–१ मा भारतीय लरी (ट्रकजस्तै लामो गाडी)को ठक्करले एक टेम्पो चालकको मृत्यु भएको छ। बर्दिवास चोकमै रोकिराखेको ना ३ स २३६१ नंको टेम्पोलाई आरजे ०२ जिवी ३३४७ भारतीय नम्बरको लरीले ठक्कर दिँदा बर्दिवास–१ कै...
नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्कर विराटनगरमा विष्फोट भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५ सय मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्याङ्कर विष्फोट भएको हो । ठूलो आवाजमा विष्फोट भएपछि विराटनगर ४ प्रगति टोलका...
कोरोना भाइरसको संक्रमणबाट पर्साका थप तीनजनाको ज्यान गएको छ । वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षकी महिला र ४३ वर्षका पुरुष तथा वीरगञ्ज–२२ मनियारीका ३७ वर्षका पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । ६५...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सुनकोशी गाउँकमिटीको बैठक आज बस्नेभएको छ । पार्टी अध्यक्ष रोमनराज गिरी र सचिव लोकवहादुर थापा को अनुपस्थितिमा सो बैठक बस्न लागेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । गाउँकमिटीका सबै सदस्यलाई फोन मार्पmत अनिवार्य उपस्थित हुन...
सोल्टी होटल काण्ड मच्चाएको भन्दै सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको भन्दै कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश शिरोहियाले प्रहरीमा उजुरी दिएका छन् । सामाजिक सञ्जालमा आएका आपत्तिजनक आक्षेपबाट आफू मर्माहत भएको जनाउँदै छानविनका लागि प्रहरीमा उजुरी दिएको सिरोहियाले जानकारी गराएका...
कोरोना महामारीको संकटको घडीमा जनताको जीवन रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्। सर्लाहीको हरिवनमा सरोकारवालाहरुसँग सुझाव लिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले अहिले जनताको ज्यानको रक्षा बाहेक अन्य कुरा सोच्ने बेला नरहेको...
- Advertisement -

भरखरै प्राप्त