६ महिने शिशुसहित ४७ जनामा कोरोना पुष्टि

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

पर्सामा ६ महिने शिशुसहित थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालमा गरिएको परीक्षणमा ६ महिनाका शिशुसहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। संक्रमण देखिनेमा ७९ वर्षका वृद्ध समेत रहेको चौरसियाले बताए ।

संक्रमित हुनेमा पोखरिया नगरपालिकका १२ जना र अरु वीरगञ्ज महानगरपालिका विभिन्न वडाका हुन् । ४४२ जनाको स्वाब परीक्षण गरिएकोमा ७९ जनामा संक्रमण पुष्टि भएकोमा पर्सासहित अन्य जिल्लाका पनि सन्क्रमित हरु रहेका छन् ।

नारायणी अस्पतालमै गरिएको परीक्षणमा बारा जिल्लाका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिनेमा महागढिमाइ नगरपालिकाका दुईजना, जितपुर सिमरा उप महानगरपालिकाका दुईजना, विश्रामपुरका तीनजना रहेका छन् ।

अन्य सन्क्रमितहरु भने कलैया उप महानगरपालिकाका विभिन्न स्थानका रहेका छन् । यस्तै नारायणी अस्पतालमै गरिएको परीक्षणमा मोरङ र काठमाडौँका एक एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।