ठेकेदार बोगटी प्रकरणः नेकपा सुनकोशीमा अध्यक्ष र सचिवकै अनुपस्थितिमा गाउँकमिटी बैठक बस्दै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सुनकोशी गाउँकमिटीको बैठक आज बस्नेभएको छ । पार्टी अध्यक्ष रोमनराज गिरी र सचिव लोकवहादुर थापा को अनुपस्थितिमा सो बैठक बस्न लागेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । गाउँकमिटीका सबै सदस्यलाई फोन मार्पmत अनिवार्य उपस्थित हुन भनिएको छ । यस अगाडि अध्यक्ष र सचिवले जारी गरेको विज्ञप्तीलाई नेकपाका केही सदस्यले आधिकारिक नभएको टिप्पणी गरेका थिए । सुनकोशी गाउँ कमिटी अध्यक्ष र सचिवले हस्ताक्षर गरेर एक प्रेस विज्ञप्तीजारीगर्दै कुटपीटमा संलग्न ठेकेदार राम बोगटी भनिने बेदवहादुर बोगटी लगायत संलग्न सबैलाई कारबाही गर्न माग गरेको थियो।
अध्यक्ष गिरी र सचिव थापाले विज्ञप्ती जारीगर्दै सुनकोशी ३ गणेशस्थान बजार स्थित श्याम जर्गा मगरको बुहारी शोभा मगरलाई घरमैं कुटपीट गर्ने नाइके बेदवहादुर बोगटी लगायत सम्पूर्ण अराजक व्यक्तिहरुलाई तुरुन्त कानूनी कारबाही गर्न माग गरेका थिए ।
उनीहरुले जारी गरेको विज्ञप्तीमा बिना आधार तथा बिना प्रमाण पार्टी गाउँ कमिटी सदस्य रोहितराज गिरी लगायत अन्यमाथि लगाइएको झुठो मुद्धा फिर्ता लिन भनिएको थियो । आर्थिक रुपमा नोक्सानी पुग्नेगरी प्रतिस्पर्धी कम्पनीहरुलाई प्रतिस्पर्धा हुनै नदिई विकास र जनभावनासमेत असर परेको आरोप लगाउँदै गाउपालिकाले आव ०७७र०७८ सुनकासी नदी किनारका गिट्टी वालुवाको ठेक्का खारेजगरी पुःन इविडिंग मार्फत गर्न अपीलसमेत गरेको थियो ।
एक करोड २० लाखको ठेक्का प्रतिस्पर्धाबिना पाउनका लागि बोगटीले २५ लाख रुपैंया बितरण गरेका थिए । अर्कातिर नेकपाकै रोहितराज गिरी लगायतले आफ्नो २५ लाख रुपैया लुटेको भन्दै ठकेदार बोगटीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्वाही गर्न मागगर्दै उजुरी दर्तासमेत गराएका थिए ।
यता गाउँपालिकाले ठेक्का प्रक्रियामा कुनै पनि कमजोरी नभएको र विघिसम्मत प्रक्रियाबाटै भएको जनाएको छ । ठेकेदार बोगटी प्रकरणले नेकपा सुनकोशीमा समस्या पैदा गराएको बताइन्छ ।