आयल निगमको ट्याङ्कर विष्फोट , तीन जना बेहोस

नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्कर विराटनगरमा विष्फोट भएको छ ।

नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५ सय मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्याङ्कर विष्फोट भएको हो ।

ठूलो आवाजमा विष्फोट भएपछि विराटनगर ४ प्रगति टोलका तीन जना बेहोस भएको स्थानीय कीर्तिराज कार्कीले जानकारी दिए ।

उनका अनुसार ग्यारेजमा काम गर्ने दुई जना मजदुरसमेत बेहोस भएका थिए । ग्यारेजमा पार्किङ गरिराखेको ना ४ ख ७१६६ नम्बरको ट्यांकर विष्फोट हुँदा पछाडिको भाग पूर्णरुपमा क्षति भएको छ ।

ट्याङ्करमा इन्धन नभएको र खाली रहेको हुँदा ठूलो क्षति भने हुन पाएन ।