प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताएका छन् ।
शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताएका हुन।
जनताले निर्वाचन आयोगको...
कोरोना महामारीको बहानामा जबर्जस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौंदेखि तलब नदिने सञ्चारसंस्थाबाट पीडित पत्रकार तथा कर्मचारीले रिले अनशन सुरु गरेका छन्।
लामो समयसम्म पनि तलब माग्दा, पुनर्बहाली गर्दा तथा श्रमजिवी पत्रकार ऐन...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन् । बुधवार राजधानीमा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका आठ राजनैतिक संगठनहरुले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सत्ताका लागि आन्तरिक किचलो चर्किरहेका बेला सो पार्टीभित्र बैचारिक संघर्षको थालनी भएको छ । दुई अध्यक्ष वारपारको लडाइँमा उत्रिएका बेला कर्णालीमा पूर्व एमालेले आत्मसाथ गरेको विचार जनताको बहुदलीय जनवाद (जबज) का पक्षमा आज...
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान व्यक्त गरेका छन्।
बीबीसी न्यूज नेपालीलाई दिएको अन्तर्वार्तामा उनले आफूले "कसैको दबावमा" राजीनामा नदिने बताए।
आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उनले "सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने" दृढता प्रकट गरे।
नेपाल बार...
सत्ता र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताबीच प्रतिनिधि सभाको बैठक सूचारु गर्ने विषयमा सहमति भएको छ। शनिबार बिहान सिंहदरबारमा तीन दलका शीर्ष नेता र प्रमुख सचेतकबीच भएको छलफलपश्चात संसद बैठक सुचारु हुने भएको हो।
बैठकपश्चात एमाले प्रमुख सचेतक पदम गिरीले...
कोरोना संक्रमणका कारण बेलायतमा शुक्रबारसम्म १६ जना नेपालीको मृत्यु भएको छ ।
लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनका अनुसार, मृत्यु हुनेमा अधिकांश भूतपूर्व ब्रिटिस गोर्खा सैनिक रहेका छन्। त्यसैगरी, अहिलेसम्म बेलायतभरमा १५ जना नेपाली कोरोनाको संक्रमणपछि निको भएर घर...
चितवनस्थित नारायणी नदीको किनारमा नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन समारोह सम्पन्न भएको छ । जनसहभागिताको हिसाबले उद्घाटन समारोह निकै भव्य देखियो ।पार्टी विभाजनको ताजा चोट खेपेको एमालेले यस महाधिवेशनलाई आफ्नो शक्ति प्रदर्शन गर्ने अवसरको रूपमा लिएको थियो ।...
पुष्प कन्ट्रक्सनका मालिकसमेत रहेका हरिनारायण रौनियारको निलम्बित सांसद पद फुकुवा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
सांसद पद फुकुवाका लागि रौनियारले दिएको निवेदनमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले सांसद पद फुकुवा गर्ने अन्तरिम आदेश दिन अस्वीकार गरेको...
नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ।
पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढदै गएपछि सैनिक मुख्यालयको पटक–पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संंशोधन...












