एमाले सांसद डा. दीपकप्रकाश भट्टले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर नगरेको प्रष्ट पार्नुभएको छ । कांग्रेस सभापति देउवाले तपाईंको समेत हस्ताक्षर प्रयोग गरी प्रधानमन्त्री दावी गर्नुभएको छ नि भन्ने जनताटाइम्स डटकमको प्रश्नमा सांसद भट्टले आफ्नो समर्थन...
उच्च अदालत दीपायलले टीकापुर घटनामा तीन वर्ष जेल सजाय भोगेर रिहा भएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला गरेको छ।
उच्च अदालतले बिहीबार अबेर गरेको फैसलामा जिल्ला अदालत कैलालीको फैसला उल्ट्याउँदै तीन वर्ष कैद सजाय भुक्तान गरेका थारुलाई जन्मकैदको फैसला सुनाएको हो।...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय कञ्चनपुरमा प्रचण्ड–माधव नेपाल र केपी ओली पक्षका नेता, कार्यकर्ताबीच धकेलाधकेल भएको छ ।
प्रचण्ड-माधव समूहले दिउँसो १२ बजे बोलाएको विस्तारित बैठकलाई विथाल्ने गरी ओली समूहका नेता, कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेपछि धकेलाधकेल भएको हो...
महेन्द्रनगर/कञ्चनपुरमा नेकपा एमालेका उम्मेदवारलाई बदनाम गराउन महेन्द्रनगरको एक होटलमा ‘प्लान’ बनेको खुलासा भएको छ । चुनावी प्रतिस्पर्धामा रहेका प्रमुख दलनिकट सञ्चारकर्मीको भेलामा एमाले उम्मेदवारलाई बदनाम गर्ने प्लान बनेको बताइएको छ ।
भेलामा सहभागी एक व्यक्तिले गरेको खुलासाअनुसार एक पक्षका उम्मेदवारबाट...
बैतडी जिल्लामा शुक्रबार ११ गाई मरेको अवस्थामा फेला परेका छन्। पुर्चौंडी नगरपालिका वडा-६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन्।
बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले गाई मृतावस्थामा फेला परेको भन्ने स्थानीयवासीले खबर गरेको र प्रहरी...
महेन्द्रनगर/महाकाली नदीको नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा कञ्चनपुरको भीमदत्त नगरपालिकाको मुख्य आम्दानीको स्रोत हो । पछिल्लोपटक गत आर्थिक २०७८/७९ मा नगरपालिकाले ६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट नगरपालिकामा नगर प्रमुख (मेयर)...
डडेलधुरामा संस्थापन पक्षले एक पक्षीय रुपमा गराएको वडा अधिवेशनलाई पुनः गराउन माग गर्दै पौडेले पक्षले निर्वाचन समितिको ध्यानाकर्षण गराएको छ।
बिहीबार पार्टी कार्यालयमा भेला भएर वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी, डा.रामशरण महत, सुजाता कोइराला, गगन थापा,...
कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान सील गरिएको छ। धनगढी उपमहानगरपालिका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरिको रोहभरमा कब्रस्तान सील गरिएको हो।
बिहीबार कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन...
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले थुप्रै काम गरिरहेको दाबी गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा सुदूर पश्चिम प्रदेश कमिटिको बैठकमा मन्त्री भट्टले वर्तमान सरकारले विकास निर्माणको गतिलाई तीव्रता दिएको दाबी गरेका हुन् । ‘हिजो घुँडासम्मका खाल्डो...
कैलालीको सीमावर्ती भारतीय सहर पलियामा ४६ दिनदेखि क्वारेन्टाइनमा रहेका ४ सय ८० जना नेपालीलाई शुक्रबार स्वदेश ल्याइँदै छ।
उनीहरुलाई केही बेरमा धनगढीको गौरीफण्टा नाकाबाट नेपाल ल्याउन लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
गौरीफण्टा नाकामा रहेका सूचना...












