भारतमा कोरोना भाइरसको संक्रमण अति तीव्र गतिमा बढ्ने क्रम रोकिने संकेत देखिएको छ । आइतबार भारतमा झण्डै १५ हजार संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार भारतमा १४ हजार ८२१ जनामा संक्रमण पुष्टि भएको छ ।...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रणमा लिनका लागि लागु गरिएको लकडाउन खुकुलो भएपछि पहिलो चुनावी सभा गरेका छन् ।
तर ट्रम्पका लागि शनिबार बेलुका (नेपाली समय अनुसार आइतबार बिहान) ओक्लोहोमामा भएको ¥यालीपछिको सो चुनावी सभा त्यति उत्साहप्रद देखिएन...
७ वर्षसम्म नागरिकता नपाउँदा उनीहरु राज्यविहीन हुने र राजनीतिक, आर्थिक, सामाजिक लगायतका शोषणमा पर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथीजस्ता मसला औषधिमय...
संसदको राज्य व्यवस्था समितिले नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ।
वैवाहिक अंगिकृत नागरिकताको विषयमा कुरो नमिल्दा विधेयक समितिमा दुई वर्षदेखि अल्झिएको थियो।
आइतबार समितिको बैठकले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अंगिकृत...
आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ ।
मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा...
नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार ६ सय नाघेको छ। स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ हजार ६ सय ५ पुगेको छ।
यस्तै हालसम्म २२ जनाकाे कोरोनाकाे संक्रमणबाट मृत्यु भएको छ।
पछिल्ला २४ घण्टामा...
नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले सातवर्ष पछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्थाको पक्षमा सत्तारुढ नेकपाले निर्णय गरेको छ ।
नागरिकता विधेयकमाथि छलफल गर्न नेकपाको सचिवालय बैठक शनिबार बिहान बालुवाटारमा बसेको हो । बैठकले सात वर्षपछि नेपाली पुरुषसँग बिहे...
कमलामाई नगरपालिकाले कोरोना महामारीका बीच आफ्नो सातौं नगरपरिषदको तयारी तिब्र बनाउन थालेको छ ।कोरोना संक्रमणका बीच नगरप्रमुख खड्गवहादुर खत्रीले नगरपालिकाका १४ वटै वडामा पुगेर सर्वदलीय बैठक राख्दै योजना संकलन गरेका थिए । वडास्तरबाट आएका योजनाहरु छनोट सकिएपछि विभिन्न लक्षित...
कोरोना भाइरसका संक्रमितको संख्या १० लाख भन्दा बढी हुने ब्राजिल विश्वको दोस्रो देश बनेको छ। दक्षिण अमेरिकी देश ब्राजिल हाल कोरोना भाइरस महामारीको इपिसेन्टर बनेको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ हजार भन्दा बढी संक्रमित थपिएका...












