भारतमा कोरोना संक्रमितको संख्या चार लाख २५ हजार २८२ पुग्यो, एकै दिन १५ हजार संक्रमित थपिए

कोरोना संक्रमणका कारण महाराष्टमा मृत्य भएका एक भारतीय नागरिक । फोटो, अमरउजाला दैनिक

भारतमा कोरोना भाइरसको संक्रमण अति तीव्र गतिमा बढ्ने क्रम रोकिने संकेत देखिएको छ । आइतबार भारतमा झण्डै १५ हजार संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार भारतमा १४ हजार ८२१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कोभिड–१९ बाट आइतबार ४४५ जनाको ज्यान गयो ।

योसँगै भारतमा कुल संक्रमितको संख्या चार लाख २५ हजार २८२ पुगेको छ । यस्तै कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १३ हजार ६९९ पुगेको मन्त्रालयले उल्लेख गरेको छ । भारतका कुल संक्रमित मध्ये दुई लाख ३७ हजार भन्दा बढी संक्रमण मुक्त भएका छन् ।