स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनदिनै कोरोना संक्रमित संख्या बढेको भन्दै अप्ठ्यारो परिस्थिति आएको बताएको छ। डिस्चार्ज हुने दरभन्दा संक्रमित हुने बिरामी संख्या बढेको भन्दै यसले अप्ठ्यारो परिस्थिति निम्त्याउने मन्त्रालयले जनाएको हो।  ‘संक्रमितहरूको संख्या धेरै बढेको छ। अस्पतालहरू, आइसोलेसन सेन्टरहरू झण्डै भरिएका...
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार २ सय २९ जना कोरोना...
अमेरिका वरिष्ठ भाइरसविज्ञ डा. एन्थोनी फाउचीले ह्वाइट हाउसको आलोचना गरेका छन् । गएको सेप्टेम्बर (२६) अन्तिममा ह्वाइट हाउसमा भएको भिडभाडयुक्त कार्यक्रम कोरोना भाइरसको संक्रमणको केन्द्रका रुपमा देखिएपछि डा. फाउचीले आलोचना गरेका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको ह्वाइट हाउस...
"हामी लडाइँ गर्न जाँदैछौँ भन्ने मलाई थाहा थिएन," अब्दुल्ला (नाम परिवर्तन) ले एउटा सन्देश पठाउने एपमार्फत् मलाई भने। हाम्रो कुराकानी अनियमित र अस्वाभाविक छ। एकजना पत्रकारसँग आफू सम्पर्कमा रहेको आफूभन्दा माथिकाले थाहा पाए के गर्लान् भनेर उनी त्रसित छन्। "उनीहरूले २,०००...
नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेकाे छ भने कोरोनाबाट हालसम्म ६०० जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा मात्रै देशभर २ हजार ५९...
हुम्लामा सीमा स्तम्भ अनुगमन गरेर फर्कन थालेकाे नेपाली टाेलीमाथि चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास प्रहार गरेका छन्। प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही नेतृत्वकाे टाेली अनुगमनबाट फर्कने क्रममा चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास प्रहार गरेका हुन्। नाम्खा गाउँपालिकासँग जाेडिएकाे चीनसँगकाे सीमास्तम्भकाे...
पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको हो। मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल...
सत्याग्रहमा रहेका डा. गोविन्द केसीको जीवन रक्षा माग तथा उनका मागमा ऐक्यवद्धता जनाउँदै डाक्टरहरुले त्रिवि शिक्षण अस्पतालमै धर्ना बसेका छन् । नेपाल चिकित्सक संघ र नेशनल रेजिडेण्ट्स डाक्टर्स एशोसिएसनको आयोजनामा त्रिवि अस्पतालमा डाक्टरहरु धर्नामा बसेका हुन् । धर्नामा बसेकाहरुले ‘सरकार सुतेको...
सिन्धुली: डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले सामुदायिक बनको चोरी निकासीमा प्रहरीको संलनता रहेको र ती अपराधमा संलग्नलाई पक्राउ गर्नुको साटो संरक्षण दिएको खुलासा गरे । दुद्यौलीमा आयोजित कार्यक्रममा उनको उत्तेजक भाषणले केही सवैसाधारणलाई भने झस्कायो पनि ।...
प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका छन् । प्रदेश ५ को नाम र राजधानीमाथिको छलफल भइरहेको प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी र तोडफोड गरेकाछन् । तोडफोडकै बीच चलिरहेको...
- Advertisement -

भरखरै प्राप्त