धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन जना कोरोना भाइरस कोभिड-१९ संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मृत्यु हुनेमा सुनसरीका दुई र एकजना धनकुटाका रहेका छन्।
प्रतिष्ठानका सहप्रवक्ता डा. श्रेष्ठले मृत्यु हुनेमा धरान उपमहानगरपालिका ८ की ६२ वर्षीया महिला, दुहबी नगरपालिकाका ६५ वर्षीय पुरुष र धनकुटाकी ६१ वर्षीया महिला रहको बताए।
प्रतिष्ठानमा अशाेज २१ गते कोरोना पुष्टि भएकी धरानकी ६२ वर्षीया महिलाको शनिबार राति ८ बजे मृत्यु भएको हो । ती महिलामा श्वासप्रश्वासको समस्या रहेको थियो।
उनलाई अशाेज २२ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा थप उपचारका लागि भर्ना गरिएको थियो ।
त्यसैगरि, जिल्ला अस्पताल धनकुटाबाट रेफर गरिएकी बिरामी महिलालाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा अशाेज १६ गते भर्ना गरिएको थियो । सो क्रममा महिलाको असोज २० गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । आइतबार बिहान ६ बजेर ४० मिनेटमा उपचारकै क्रममा मृत्यु भएकी महिलामा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो ।