गाेविन्द केसीकाे समर्थनमा त्रिवि शिक्षण अस्पतालमै डाक्टरहरुकाे धर्ना

सत्याग्रहमा रहेका डा. गोविन्द केसीको जीवन रक्षा माग तथा उनका मागमा ऐक्यवद्धता जनाउँदै डाक्टरहरुले त्रिवि शिक्षण अस्पतालमै धर्ना बसेका छन् ।

नेपाल चिकित्सक संघ र नेशनल रेजिडेण्ट्स डाक्टर्स एशोसिएसनको आयोजनामा त्रिवि अस्पतालमा डाक्टरहरु धर्नामा बसेका हुन् ।

धर्नामा बसेकाहरुले ‘सरकार सुतेको र डा. केसी जागेको २४ औँ दिन, सरकारको नैतिकता गायब भयो, गोविन्द केसीको जीवन रक्षा गर’ सहितका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

डा. केसी १९ औँ सत्याग्रहमा बसेको बुधबार २४ दिन भयो । तर अहिलेसम्म सरकारले वार्ताका लागि चासो देखिएको छैन । उनको जीवन रक्षाको माग गरी आन्दोलन हुँदै आएको छ ।