हुम्लास्थित चिनियाँ सीमा क्षेत्रमा नेपाली टाेलीमाथि टियर ग्यास प्रहार

हुम्लामा सीमा स्तम्भ अनुगमन गरेर फर्कन थालेकाे नेपाली टाेलीमाथि चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास प्रहार गरेका छन्।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही नेतृत्वकाे टाेली अनुगमनबाट फर्कने क्रममा चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास प्रहार गरेका हुन्।

नाम्खा गाउँपालिकासँग जाेडिएकाे चीनसँगकाे सीमास्तम्भकाे अनुगमनका क्रममा चिनियाँ पक्षले टियर ग्यास प्रहार गरेकाे अनुगमन टाेलीमा रहेका गाउँपालिकाका उपाध्यक्ष पेना लामाले बताए।

‘५, ६, ७ र ८ नम्बर सीमा स्तम्भकाे अनुगमन गरेर फर्किँदै गर्दा ९ नम्बर सीमास्तम्भ नजिकै टियर ग्यास प्रहार भयाे’, उनले भने, ‘मेराे आँखामा सामान्य चाेट लागेकाे छ।’