
पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको हो। मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलामका १, उदयपुरका ४, ओखलढुंगाका ४, खोटाङका ३, झापाका २२, धनकुटाका ३, भोजपुरका २, मोरङका ३२२, संखुवासभाका ३ र सुनसरीका १९३ जनामा कोरोना संक्रमण भएको छ।
यस्तै धनुषाका १८, पर्साका १५, बाराका १३, महोत्तरीका ५, रौतहटका ३४, सप्तरीका ३३, सर्लाहीका १७, सिरहाका १५, काठमाडौँका १२९६, काभ्रेका ५१, चितवनका १३१, दोलखाका ६, धादिङका १०, नुवाकोटका ९, भक्तपुरका ९५, मकवानपुरका ९९, रामेछापका ८, ललितपुरका २९३, सिन्धुपाल्चोकका ११ र सिन्धुलीका ३० जनामा कोरोना पुष्टि भएको छ।
यस्तै कास्कीका ३४, गोरखाका १३, तनहुँका १३, नवलपरासीपूर्वका १७, पर्वतका ३, म्याग्दीका २, लमजुङका १९, बागलुङका ३४, स्याङ्जाका ३, अर्घाखाँचीका २, कपिलवस्तुका ३३, गुल्मीका ९, दाङका २४, नवलपरासीका १८, पाल्पाका १९, प्यूठानका ३, बर्दियाका २२, बाँकेका १०६, रुकुमपूर्वका १, रुपन्देहीका १३०, रोल्पाका २, कालिकोटका १, डोल्पाका १, दैलेखका ५, रुकुमपश्चिमका ३, सल्यानका ९, सुर्खेतका ७८, अछामका ५, कञ्चनपुरका ४, कैलालीका २५, डडेल्धुराका १, डोटीका ३, दार्चुलाका ४८, बझाङका १ तथा बैतडीका २ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा पाँच महिला र १० पुरुष छन्।
मोरङका ४० र ६० वर्षीय पुरुष, सिरहाकी ५० वर्षीया महिला, रौतहटकी ७२ वर्षीया महिला, काठमाडौँका ६६ र ७२ वर्षीया महिला तथा ४५, ५३, ६४ र ३९ वर्षीय पुरुष, ललितपुरका ४६ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, रुपन्देहीका ५५ वर्षीय पुरुष, नवलपरासीका ७६ वर्षीय पुरुष र दाङकी ७१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ।
मन्त्रालयका अनुसार बुधबार १ हजार १ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ।
पछिल्लो २४ घण्टामा १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ भने ४ हाजर १ सय ६४ जना क्वारेन्टिनमा छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २३३ जनाको आईसीयुमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ र सोलुखुम्बु जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन् भने मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।










