प्रधानमन्त्री केपी ओलीले ‘मांसाहारी’ आन्दोलनलाई नरभक्षीको संज्ञा दिएका छन्। ‘यहाँ कसैले नरभक्षी आन्दोलन गर्छु भन्ने नसोचे हुन्छ,’ उनले भने। केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारविरूद्ध मांसाहारी आन्दोलन गर्नुपर्ने बताएका थिए।
‘उहाँहरू भन्दै हुनुहुन्छ, शाकाहारी आन्दोलनले भएन रे,...
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश दीपककुमार कार्की र सुष्मलता माथेमाको संयुक्त इजलाशले बिहीबार बास्तोलालाई रिहा गर्न आदेश दिएको हो।
पुस २९ गते बास्तोलालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहले आयोजना गरेको आम हड्तालको क्रममा प्रहरीसँगको झडपमा घाइते भएका चार जनालाई थप उपचारको लागि काठमाडौँ लगिएको छ।
झडपमा घाइते भएका पूर्वमन्त्री रामचन्द्र झा र मातृका यादवका साथै शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया र नेकपा...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् लोकप्रिय नेता शान्तिमान कार्कीमाथि बन्द आव्हानकर्ताको एक समूहले हातपात गरेको छ । नेकपा (नेपाल प्रचण्ड समूह) का केन्द्रीय सदस्य एवम् सह इन्चार्ज कमलजंग राईको नेतृत्वमा रहेको समूहले नेता कार्कीमाथि सिन्धुलीको...
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले सोमवार म्यान्मारमा भएको कू विफल हुने सुनिश्चित पार्न विश्व समुदायलाई आह्वान गरेका छन्।
उनले चुनावलाई उल्ट्याउनु "अस्वीकार्य" भएको बताउँदै कू गर्नेहरूलाई देशमा शासन गर्ने तरिका यो होइन भनेर बुझाउनैपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सम्भाव्य...
नेकपा (प्रचण्ड–नेपाल खेमा) ले आह्वान गरेको आम हड्तालको प्रभाव काठमाडौँ उपत्यकासहितका स्थानमा बिहानैदेखि देखिन थालेको छ ।
प्रहरीले बिहीबार बिहानै बन्द गराउँदै हिँड्ने कम्तीमा ३० जनालाई पक्राउ गरेको काठमाडौ प्रहरीले बताएको छ ।
गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन् ।...
माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज आव्हन गरेको नेपाल बन्दका कारण सिन्धुलीका जिल्लाको पठन पाठन प्रभावित भएको छ । बिहिवार बिहानै निजी तथा सरकारी विद्यालयमा बन्द आव्हनकर्ताले फोनगरी विद्यालय बन्द गर्न धम्की दिएपछि सिन्धुलीका नीजि तथा सरकारी...
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा मोटरसाइकल र्याली निकालिएको छ।
माघ २३ गते काठमाडौँमा आयोजना हुने सत्तारुढ नेकपाको जनसभाको तयारी स्वरुप बृहत मोटरसाइकल र्यालीको आयोजना भएको हो। ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसहित मोटरसाइकल र्याली निकालिएको हो।
काठमाडौँका...
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अदालतको अवहेलना मुद्दामा सातदिन भित्र उपस्थित भएर जवाफ दिन आदेश दिएको छ।
प्रचण्डले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्न खोजेको र अदालतलाई धम्क्याएको भन्दै परेको अवहेलना मुद्दामा सर्वोच्चले कारण...
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र विद्रोहलाई शान्तिमा रुपान्तरण गर्ने निर्णय सही भएको बताएका छन्।
बुधबार बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
उनले आफूहरुको नियती पेरु र श्रीलंकाको सशस्त्र विद्रोहको...











