माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज आव्हन गरेको नेपाल बन्दका कारण सिन्धुलीका जिल्लाको पठन पाठन प्रभावित भएको छ । बिहिवार बिहानै निजी तथा सरकारी विद्यालयमा बन्द आव्हनकर्ताले फोनगरी विद्यालय बन्द गर्न धम्की दिएपछि सिन्धुलीका नीजि तथा सरकारी विद्यालयमा बिहानी सिफ्टका कक्षाको पठनपाठन बन्द भएको छ । विहानै ६ बजे विद्यालयमा पढ्न पुगेका विद्यार्थीहरु घर फर्केकाछन् ।
त्यस्तै सिन्धुली बहुमुखी क्याम्पसमा विहानै अध्ययन गर्न पुगेका विद्यार्थीहरुलाई पनि आज पठन पाठन नहुने भन्दै क्याम्पस प्रशासनले फिर्ता गराएको छ ।