‘विप्लव’ समूहका नेता धर्मेन्द्र बास्तोलालाई छाड्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश दीपककुमार कार्की र सुष्मलता माथेमाको संयुक्त इजलाशले बिहीबार बास्तोलालाई रिहा गर्न आदेश दिएको हो।

पुस २९ गते बास्तोलालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो। बास्तोला पक्राउ परेपछि हिमा बास्तोलाले माघ १४ गते  सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

उनी विप्लव समूहका तेस्रो वरियताका नेता हुन्।