प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा मोटरसाइकल र्याली निकालिएको छ।
माघ २३ गते काठमाडौँमा आयोजना हुने सत्तारुढ नेकपाको जनसभाको तयारी स्वरुप बृहत मोटरसाइकल र्यालीको आयोजना भएको हो। ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसहित मोटरसाइकल र्याली निकालिएको हो।
काठमाडौँका विभिन्न स्थानबाट निस्केको र्याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथाली, त्रिपुरेश्वर, जमल, नारायणहिटी, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा टुंगिने छ।










