प्रधानमन्त्री केपी ओलीले ‘मांसाहारी’ आन्दोलनलाई नरभक्षीको संज्ञा दिएका छन्। ‘यहाँ कसैले नरभक्षी आन्दोलन गर्छु भन्ने नसोचे हुन्छ,’ उनले भने। केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारविरूद्ध मांसाहारी आन्दोलन गर्नुपर्ने बताएका थिए।
‘उहाँहरू भन्दै हुनुहुन्छ, शाकाहारी आन्दोलनले भएन रे, अब मांसाहारी आन्दोलन गर्ने रे, त्यो भनेको के चिकेन चिल्ली खाएर गरौं भन्नुभएको हो?,’ उनले प्रश्न गरे।

माधव नेपाल नेतृत्वको नेकपाले केही समयअघि अब शाकाहारी आन्दोलनले नहुने भन्दै दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।
नेपाल बन्दको नाममा बिहीबार एउटा गरिब ट्याक्सी चालकलाई जिउँदै जलाउन खोजेको उनको आरोप छ।
नेपालमा आजको जस्तो ठूलो सभा इतिहासमा कहिल्यै नभएको भन्दै यो सभाबाट कुन पार्टी मूल पार्टी हो भन्ने टुंगो लागेको उनको दावी छ। सभामा मानिसहरु धेरै हुँदा ठाउँ नपुगेको उनको भनाइ छ।
ओलीले कतिपयले आज बिहानसम्म पनि ओलीले राजतन्त्र फर्काउँछ रे भन्ने हल्ला फैलाएको बताए । ‘केपी ओलीले राजतन्त्र फर्काउने रे! जसले राजतन्त्र फाल्नका लागिका जेल बसेको छ। त्यसले राजतन्त्र फर्काउँछ। हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्दै अघि बढ्छौं,’ ओलीले भने ।

‘बिहानसम्म पनि लैनचौरतिर हिँड्नेहरुले राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले भनेको सुनियो,’ उनले भने, ‘यो केपी ओली आधा दकश लोकतन्त्र स्थापना गर्न, आधा दशक सामाजीक न्याय र समानताका लागि लड्यो । यो केपी ओलीले राजतन्त्र फर्काउँछ रे ? हामीले लडेर संघीय लोकतान्त्रिक कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ ।’
उनले स्थानीय तहहरूले विकासमा बाधा नपुर्याएको पनि बताए।
यसअघि नारायणहिटी दरबारअगाडि ओलीले सभा राखेर उनले दिन खोजेको सन्देशबारे विभिन्न कोणबाट चर्चा भएको थियो। प्रधानमन्त्री ओलीले लुम्बिनी र प्रदेश नम्बर १ मा पनि सभा गर्ने बताएका छन् । फागुन १ गते बुटवल र ८ गते विराटनगरमा सभा हुने प्रधानमन्त्री ओलीले बताए ।
‘अर्को कास्टिङ हामी बुटवलमा गर्दैछौं,’ उनले भने, ‘१ गते बुटवल र ८ गते विराटनगरमा अर्को सभा हुनेछ। म हाम्रा आलोचक मित्रहरूलाई मन थामेर बस्न आग्रह गर्दछु ।’ प्रधानमन्त्री ओलीले आजको सभा इतिहासकै ठूलो भएको पनि दाबी गरेका थिए ।
उनले देश बनाउन अब कसैले रोक्न नसक्ने पनि बताएका छन् । हिंसा भड्काउन खोज्ने र उत्ताउला प्रयासलाई रोक्न शान्ति सुरक्षाका काममा खटेका सुरक्षाकर्मीलाई प्रधानमन्त्री ओलीले धन्यवादसमेत दिएका छन् ।
मांसहारी आन्दोलन गर्नेलाई भिडियाखानामा राख्नुपर्छः गृहमन्त्री बादल
सत्तारुढ नेकपाका सचिवालय सदस्य एवम् नेपाल सकारका गृहमन्त्री रामवहादुर थापा वादलले अझै पनि मांसहारी आन्दोलन गर्छौ भन्नेहरुलाई जाउलाखेल स्थित चिडियाखानामा पठाउनु पर्ने बताए । विशाद जनसभालाई सम्बोधनगर्दै गृहमन्त्री थापाले प्रचण्ड र माधव नेपालकै कारण मुलुक अस्थिरतातर्फ अग्रसर भएको बताए ।

मुलुकमा प्राप्त गणतन्त्र, संघीयता र धर्म निरेपक्षताको रक्षाका लागि फेरी पनि नागरिकले आन्दोलन गर्नुपर्ने अबस्था आएकाले चौतर्फी रुपमा खबरदारी गर्न आपील गरे । उनले विदेशीहरुको बुई चढेर गरिएको आन्दोलन केही समयमैं सकिने दाबी पनि गरे ।
सिन्धुलीबाट ५ हजार सहभागी
सिन्धुली जिल्लाबाट आजको कार्यक्रममा ५ हजार नेता कार्यकर्ता सहभागी थिए ।
नेकपा सिन्धुलीमा अध्यक्ष प्रदीप कटुवालले नारायणहिटी अगाडिको विशाल जनसभामा सिन्धुलीबाटमात्रै १ सय यात्रुवहाक बस, बोलेरो र मोटरसाइकलसहित ५ हजार कार्यकर्ता सहभागि भएका छन् । त्यसले सिन्धुली जिल्लामा नेकपाको संस्थापन पक्ष बलियो रहेको सन्देश दिएको उल्लेख गरेकाछन् । पार्टी केन्द्रले नेकपा सिन्धुलीलाई तीन हजार उपस्थित हुन भन्दै कोटा छुट्याइएको थियो ।
सिन्धुलीबाट केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विषमलाल अधिकारी, उमा कोइराला, प्रदीप कटुवाल, केशव देवकोटा, डम्बर कार्की, शान्तिमान कार्की, गोविन्दलाल माझी, कौशल कोइराला, कमलामाई नगर इज्चार्ज महेन्द्रदेव श्रेष्ठ, तीनपाटन गाउँकमिटी अध्यक्ष छत्र दाहाल, दुधौली नगरकमिटी अध्यक्ष लक्ष्मण कार्की, सुनकोशी गाउँपालिका अध्यक्ष अशोक गिरी, फिक्कल इन्जार्च घिरज मगर एवम् अध्यक्ष रामप्रसाद भण्डारी लगायत सबै जिल्लाका ९ वटै स्थानीय तहका वडा कमिटीहरुबाट ५ हजार कार्यकर्ताहरु राजधानी आइपुगेका थिए ।
कार्यक्रममा सहभागिता जनाउँदै सिन्धुलीका नेताहरु । फोटोः प्रदेशखबर

















