सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् लोकप्रिय नेता शान्तिमान कार्कीमाथि बन्द आव्हानकर्ताको एक समूहले हातपात गरेको छ । नेकपा (नेपाल प्रचण्ड समूह) का केन्द्रीय सदस्य एवम् सह इन्चार्ज कमलजंग राईको नेतृत्वमा रहेको समूहले नेता कार्कीमाथि सिन्धुलीको शान्तिनगर चोकमा हातपात गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।











