नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय कञ्चनपुरमा प्रचण्ड–माधव नेपाल र केपी ओली पक्षका नेता, कार्यकर्ताबीच धकेलाधकेल भएको छ ।
प्रचण्ड-माधव समूहले दिउँसो १२ बजे बोलाएको विस्तारित बैठकलाई विथाल्ने गरी ओली समूहका नेता, कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेपछि धकेलाधकेल भएको हो...
चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरु सम्मिलित चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट आइतबार दिउँसो काठमाडौँ आइपुगेको छ।
नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको छ।
यद्यपि यसबारे परराष्ट्र...
ललितपुरको बीएन्डबी अस्पतालअगाडि चक्रपथमा बिहीबार साँझ टाटा सुमोको ठक्करले दुई पैदल यात्रीको मृत्यु भयो।
पैदल यात्री बीएन्डबी अस्पतालकै कर्मचारी थिए। साँझ पौने ७ बजे अस्पताल अगाडि रहेको चक्रपथ सडक खण्डमा बाटो काट्न लाग्दा उनीहरुलाई टाटा सुमोले ठक्कर दिएको थियो। उनीहरु...
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव आरामले सामना गर्ने बताएका छन् ।
प्रदेशसभा सचिवालयमा नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले यो कदमलाई संविधान र संघीयता विरोधीको संज्ञा दिएका छन् ।
‘सुनियोजित, बनिबनाऊ र खास ठाउँबाट...
बिराटनगर /प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३७ सांसदको हस्ताक्षर छ ।
अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । प्रस्तावमा ३७...
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता हुँदैछ।
शनिबार साँझ बर्खास्त गरिएका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोका अनुसार आइतबार नै प्रस्ताव दर्ता गरिनेछ।
उनले भने, ‘समय कतिबेला भन्ने चाहिँ टुंगो भएको छैन। तर आजै दर्ता हुन्छ।...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आफ्नो केन्द्रीय कार्यालय धुम्बाराही र बल्खुतिर आँखा नलगाउन पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाललाई सुझाव दिनुभएको छ ।
ललितपुर १ नं. निर्वाचन क्षेत्रमा आज आयोजित बृहत भेलालाई संवोधन गर्दै...
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् ।
मुख्यमन्त्री राईले शनिबार बेलुका मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् । संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको उनका प्रेस...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रचण्ड-माधव समूहले वैधानिकता पाउनेमा शङ्का व्यक्त गरेका छन् ।
अध्यक्षद्वय पुस्पकमल दाहाल र मावधकुमार नेपालले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा पुग्दा आफूले राप्रपा विभाजनको घटना सम्झिएको भन्दै उनले आशङ्का व्यक्त गरेका हुन्...
आइतवार जिल्लास्तरीय भेला कार्यक्रम राखेको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधवसमूहले पार्टी कार्यालयमा राखेको कार्यक्रम अन्यत्र सारेको छ । सत्तारुढ केपी ओलीपक्षीय नेकपाको नगरकमिटीले विहान १० बजे र प्रचण्ड पक्षले ११ बजे एकै स्थानमा (पार्टी कार्यालय) मा कार्यक्रम राख्दै सामाजिक सञ्जाल...










