पेरिसडाँडामै चित्त बुझाऊ, बल्खु–धुम्बाराहीमा आँखा नलगाऊ: महेश बस्नेत

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आफ्नो केन्द्रीय कार्यालय धुम्बाराही र बल्खुतिर आँखा नलगाउन पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाललाई सुझाव दिनुभएको छ ।

ललितपुर १ नं. निर्वाचन क्षेत्रमा आज आयोजित बृहत भेलालाई संवोधन गर्दै पूर्वमन्त्री बस्नेतले यस्तो सुझाव दिनुभएको हो । ‘हामी पेरिसडाँडामा आँखा लगाउदैनौं, तपाईहरु बल्खु र धुम्बाराहीमा आँखा नलगाउनुस,’ युवासंघका इञ्चार्जसमेत रहनुभएका मन्त्री बस्नेतले भन्नुभयो ।

बस्नेतले सूर्य चिन्हमाथि प्रचण्डको दावी हास्यास्पद रहेको भनाई पनि राख्नुभयो । ‘प्रचण्ड कमरेडलाई आफू लोकप्रिय छु भन्ने लाग्छ भने आफ्नै गोलाकारभित्रको हसिया हथौडा चिन्हमा चुनाव लडेर जित्न म चुनौति दिन्छु, तपाई सूर्यमा आँखा नलाउनुस,’ बस्नेतको भनाई थियो ।

पार्टी छोडेर जानेहरुले पार्टीको सम्पतीमा आँखा लगाउन नमिल्ने भन्दै नेता बस्नेतले भन्नुभयो–हामीलाई प्रचण्डको पार्टी कार्यालय चाहिएको छैन, उहाँहरुनै लिनुहोस तर तत्कालिन एमालेका हरेक सम्पत्तिमा हाम्रो मात्र हक छ र हामी छाड्दैनौं । पार्टी विभाजन गरेर जानेहरुले पार्टीको सम्पत्तिमा दावी गर्न मिल्दैन ।’