काठमाडौं : प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका शीर्ष नेतृत्वले पराजय भोग्नु परेको छ । अध्यक्ष केपी शर्मा ओली यस पटक झापा-५ बाट पराजित भएका छन्। बालेन्द्र शाह (बालेन)ले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमै सीमित...
काठमाडौ: सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले छानवीनमा सहयोग पुगोस् भनेर पद छाडेको भन्दै आफ्नो बचाउ गरेका छन्।
बास्कोटाले शनिबार ट्वीट गर्दै आफूमाथि प्रश्न उठेपछि राजीनामा दिएकाे भन्दै...
सिन्धुलीको कमलामाई नगरपालिकाले पहिलो चरणको राहत बितरण कार्यक्रम सम्पन्न भएको जनाएको छ । नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आज एक संवाददाता सम्मेलनको आयोजनागरी नगरपालिकाका १४ वटै वडाका १५८९ जनालाई खाद्यान्न तथा नगद राहत वितरण गरिएको जानकारी दिएका हुन् । उनले...
काठमाडौं जिल्ला अदालतले साइबर अपराध गरेको आरोप लागेका पूर्व सचिव भीम उपाध्यायलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।
प्रहरीको केन्द्रीय साइबर ब्युरोले पाँच दिन अघि उपाध्यायलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो। प्रहरीले उनलाई पक्राउ गरेको तीन दिनमै...
भक्तपुर जगाती चेकपोस्टमा डिसइन्फेक्सन टनेल उद्घाटन भएको छ। अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सूर्यविनायक नगरपालिका–८ जगातीस्थित पूर्वी नाका भएर उपत्यका भित्रिने सवारीसाधनलाई ‘डिसइन्फेक्सन’ गर्न आइतबारबाट शुरु भएको हो।
अरनिको राजमार्ग भएर उपत्यका भित्रिने सवारीसाधनलाई जगाती प्रहरी चेकपाेस्टबाट स्विच थिचेर डिसइन्फेक्सन गरिने...
बिहानै गाउँमा हल्ला फैलियो– क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भयो। छिनभरमै हल्ला नयाँबस्तीमा पुग्यो। मृतक युवाको घर थियो, नयाँबस्ती।
गाउँबाट मान्छे आउँदै गए। नरैनापुर गाउँपालिका वडा नं. ५ मा रहेको दिपेन्द्र मावि, भोजभगवानपुरमा ठूलो संख्यामा मानिसहरु जम्मा भए। भीड...
भारतको झारखण्डमा मजदुरी गरेर जिवन निर्वाहगर्दै आएका ५० वर्षीय रोहितवहादुर बुढाथोकी आफ्नो पुख्र्यौली गाउँ रानिवास आएको आज १७ औं दिन पुगेको छ । तर उनलाई आफ्नो घरमा पुगेर बाल बच्चा र जीवन संगिनीलाई भेट्न अझै मन लागिरहेको छैन ।...
राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी फरार भएकी छन् । राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाइएको थियो । अहिले सोही क्वारेन्टिनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन् ।
सबै सुतेका बेला मध्यरातमा विद्यालयको पछाडिबाट...
बझाङमा पहिराेमा पुरिएर हराइरहेका ७ जनामध्ये ६ जनाको शव फेला परेको छ। केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको छ।
घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बमका अनुसार एकै...
धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका- ८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार...












