सिन्धुलीको कमलामाई नगरपालिकाले पहिलो चरणको राहत बितरण कार्यक्रम सम्पन्न भएको जनाएको छ । नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आज एक संवाददाता सम्मेलनको आयोजनागरी नगरपालिकाका १४ वटै वडाका १५८९ जनालाई खाद्यान्न तथा नगद राहत वितरण गरिएको जानकारी दिएका हुन् । उनले खाद्यान्न भने कमलामाई नगरपालिकाले र नगद राहत भने प्लान नेपालको सहयोगमा रेडक्रम सोसाइटी सिन्धुलीले वितरण गरेको बताए ।
रातह वितरणका क्रममा गलत मानिसले नपाउन भन्ने कुरामा अत्यन्त सजगता अपनाएको र स्थानीय राजनैतिक दलको सर्वदलीय निर्णय एवम् वडा कार्यालयको सिफारिशका आधारमा विवरणहरु संकलनगरी नगरपालिकाको विपत व्यवस्थापन समितिको बैठकबाट पासगरी वितरण गरिएको देखिएको छ ।
स्थानीय स्तरमा गलत मानिसले राहत नपाउन भन्नकै लागि राहत वितरण गरिनु अगाबै उनीहरुको नामावली सार्वजनिक गरेर पारदर्शीता अनपाइएको पनि संवाददाता सम्मेलनमा बताइएको हो ।
दोस्रो चरणको राहतका लागि पनि पारदर्शिता र जावफदेहितालाई कायम गरिने र करिव १५ सय नागरिकलाई राहतको प्योकज वितरण गरिने लक्ष्य नगरपालिकाले लिएको छ ।