गएराति दुई बजे मेलम्ची बजारमा पहिरो जाँदा बेपत्ता भएका आठ जनाको शव निकालिएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ । त्यस्तै घट्टे खोला छयाप्लुङ भिरमा गएको पहिरोबाट थप दुई जनाको शव निकालिएको छ । योसँगै मृतक सङ्ख्या...
श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनै पूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै छ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनै पूर्णिमा मनाउने गरिन्छ ।
आजकै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ ।...
भारतको बिहार तथा तराईका जिल्लामा कोरोना संक्रमण ह्वात्तै बढेसँगै सिन्धुली जिल्लामा भारतीय तथा जोखिमपूर्ण क्षेत्रबाट नागरिकहरु आउने क्रम बढेर गएको छ । स्थानीय वासिन्दाका अनुसार अहिले धुराफाँट, रातमाटा प्लानिंग तथा ढुंग्रेवास क्षेत्रमा नयाँ नयाँ अनुहारका मानिसहरु देखिन थालेको र...
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा शनिबार राति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन्।
घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ। घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको...
सिन्धुलीमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सिन्धुली अस्पतालले आज पैदल यात्रीहरुलाई निःशुल्क मास्क बितरण गरेको छ ।कोरोना संक्रमणका बिरुद्ध जनचेतना जगाउने उदेश्यले र्याली सहित सिन्धुलीमाढी बजार मधुटार, तरकारी बजार, बसपार्क लगायतका क्षेत्रमा निःशुल्क मास्क बितरण गरेको अस्पताल विकास समितिका...
प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ।
सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन् ।
यसअघि रु १२ हजार घुस सेवाग्राहीसँग...
जल तथा मौसम विज्ञान विभागले सिन्धुली सदरमुकाम र आसपासका क्षेत्रमा भारी वर्षा भएका कारण साना नदीहरुमा पानीको वहाव बढेको जनाउँदै सर्तक रहन सर्वसाधारणलाई अपील गरेको छ । एक सुचना जारीगर्दै भारी वर्षाका कारण बाढी तथा पहिरो जानसक्ने भन्दै सर्तक...
कमलामाई नगरपालिकाले एक विज्ञप्ती प्रकाशितगरी सेनिटरी प्याड खरिदका विषयमा विभिन्न सञ्चार माध्यममा आएका समाचारहरु भ्रामक र तथ्यहिन भएको जनाएको छ । विभिन्न अनलाइनहरुमा नपरउपप्रमुख मञ्जु देवकोटासँग जोडेर आएका समाचारहरु गलत मनसायले अभिप्रेरित भएको र सेनिटरी प्याड खरिदमा कुनै पनि...
भिषण पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठ नै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् ।
धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी,...
सप्तरीको उच्च अदालतका एक जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ।
उच्च अदालत जनकपुरधामको राजविराज इजलासका न्यायाधीशमा आइतबार कोरोना संक्रमण पुष्टि भएको सप्तरी जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए।
आइतबार सप्तरीमा न्यायाधीश, प्रहरीसहित सात जनामा कोरोना संक्रमण पुष्टि...












