सिन्धुलीमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सिन्धुली अस्पतालले आज पैदल यात्रीहरुलाई निःशुल्क मास्क बितरण गरेको छ ।
कोरोना संक्रमणका बिरुद्ध जनचेतना जगाउने उदेश्यले र्याली सहित सिन्धुलीमाढी बजार मधुटार, तरकारी बजार, बसपार्क लगायतका क्षेत्रमा निःशुल्क मास्क बितरण गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिए ।
सिन्धुलीमा पैदल यात्रीहरु कोरोजो जोखिमको पर्बाह नगरी हिड्न थालेपछि मास्क बितरण गरेको उनले बताए ।
उता जिल्ला प्रशासन कार्यालयले पनि मास्क नलगाई हिड्ने व्यक्तिलाई सं क्रमण रोग ऐन अन्तर्गत एक सय रुपैया ज रिवाना गर्ने अभियान चलाएको जनाएको छ । तर स्थानीय प्रशासनको सो कारबाहीलाई सर्वसाधारणले भने सानालाई ऐन ठूलालाई चैनका रुपमा लिन थालेका छन् । १० रुपैयाँ पर्ने सर्जिकल मास्कलाई १ सय रुपैयाँ लिने तर त्यसपावत रसिदसमेत नदिएपछि नागरिकहरु ससंकित बनेका हुन् । प्रहरीले पनि शिवनगरको चेक प्याइन्टमा एउटा मास्कको १ सय रुपैयाँ लिदैं आएको छ ।
त्यस्तै जिल्लाको ग्रामीण क्षेत्रको मुख्य व्यापारिक केन्द्र बन्दै गएको खुर्कोट बजार र बीपी राजमार्गमा हिड्ने यात्रुका लागि पनि प्रहरीले मास्क नलगाए १ सय रुपैयाँ जरिवाना गर्ने अभियान थालिसकेको छ ।