सिन्धुलीका ग्रामिण सडकहरु अबरुद्ध, सदरमुकाम तथा आसपास क्षेत्रका जनतालाई सचेत हुन नगरप्रमुख खत्रीको आग्रह


जल तथा मौसम विज्ञान विभागले सिन्धुली सदरमुकाम र आसपासका क्षेत्रमा भारी वर्षा भएका कारण साना नदीहरुमा पानीको वहाव बढेको जनाउँदै सर्तक रहन सर्वसाधारणलाई अपील गरेको छ । एक सुचना जारीगर्दै भारी वर्षाका कारण बाढी तथा पहिरो जानसक्ने भन्दै सर्तक रहन सर्वसाधारणको मोवाइलमा जन तथा मौषम विज्ञान विभागले मोवाइलमा सन्देश पठाएको छ ।
सिन्धली सदरमुकामको गडौली, ग्वागंखोला, लव्दाहा तथा तीनपाटनको चँदाहा, मरिणखोलामा अहिलेसम्मकै ठूलो बाढी आएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । रातीदेखीको अबिरल वर्षाका कारण सदरमुकाम जोड्ने ग्रामिण सडकहरुमा पहिरो खसेका कारणले अवरुद्ध भएको थाहा लागेको छ ।

यसैबीच कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले नदी पासपास तथा पाहिरोको जोखिम क्षेत्रमा रहेका आफ्ना नागरिकहरुलाई सचेत रहन अपील गर्नुभएको छ । जल तथा मौषम विज्ञान विभागले सुचनाजारी गरेसँगै नगरप्रमुख खत्रीले सदरमुकाम आसपास र जोखिम क्षेत्रमा रहेका आफ्ना नागरिकलाई सर्तक रहन अपील गर्नुभएको हो ।