सेनिटरी प्याड खरिदमा अनियमिमता छैनः कमलामाई नगरपालिका

कमलामाई नगरपालिकाले एक विज्ञप्ती प्रकाशितगरी सेनिटरी प्याड खरिदका विषयमा विभिन्न सञ्चार माध्यममा आएका समाचारहरु भ्रामक र तथ्यहिन भएको जनाएको छ । विभिन्न अनलाइनहरुमा नपरउपप्रमुख मञ्जु देवकोटासँग जोडेर आएका समाचारहरु गलत मनसायले अभिप्रेरित भएको र सेनिटरी प्याड खरिदमा कुनै पनि किसिमको अनियमिमता नभएको प्रष्ट पारेको हो । नगरप्रमुख खड्गवहादुर खत्रीले हिजो जारी गरेको विज्ञप्तीमा सेनिटरी प्याड खरिद गर्नका लागि नगरकार्यापालिकको बैठकको निर्णय, सोही विषयसँग सम्बन्धित विपद व्यवस्थापन समितिको निर्णयसमेतगरी कानूनी रुपमा प्रक्रिया पुरा गरी कार्यसम्पन्न भएको र दुवै वैठकमा अनुगमन समितिकी संयोजकसमेत रहनुभएकी उपमेरको समेत हस्ताक्षर रहेको विषयमा सञ्चार माध्यमबाट गलत मनसायका साथ समाचारहरु प्रकाशन हुनु दुखद भएको उल्लेख गरिएको छ ।

विज्ञप्तीको पूर्ण पाठः

No photo description available.