सप्तरीमा न्यायाधीशलाई देखियो कोरोना

(200414) -- BEIJING, April 14, 2020 (Xinhua) -- A staff member displays samples of the COVID-19 inactivated vaccine at Sinovac Biotech Ltd., in Beijing, capital of China, March 16, 2020. China has approved two COVID-19 inactivated vaccine candidates for clinical trials, according to the State Council joint prevention and control mechanism against the coronavirus Tuesday. The two vaccine candidates are developed by Wuhan Institute of Biological Products under the China National Pharmaceutical Group (Sinopharm) and Sinovac Research and Development Co., Ltd, a company based in Beijing. Clinical trials of the two vaccines have started. (Xinhua/Zhang Yuwei)

सप्तरीको उच्च अदालतका एक जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ।

उच्च अदालत जनकपुरधामको राजविराज इजलासका न्यायाधीशमा आइतबार कोरोना संक्रमण पुष्टि भएको  सप्तरी जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए।

आइतबार सप्तरीमा न्यायाधीश, प्रहरीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख यादवले बताए। यस अघि उच्च अदालतका सहसचिव स्तरका एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई संक्रमण देखिएको एक साता नबित्दै न्यायाधीशमा संक्रमण पुष्टि भएको हो।