रोकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियम विजयी भएको छ । समूह बी मा रहेको बेल्जियमले रुसलाई ३–० ले पराजित गरि प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।
बेल्जियमको जितमा रामेलु लुकाकुले दुई तथा थोमस मनुयरले एक गोल गरे । लुकाकुले १० औँ मिनेटमा गोल गरि बेल्जियमलाई सुरुवाति अग्रता दिलाएका हुन् । उनले सो गोल डेनमार्कका खेलाडी क्रिष्टियन एरिक्सनप्रति समर्पित गरे ।
फिनल्याण्डसँगको खेलमा मैदानमै बेहोस भएर लडेका एरिक्सनको हाल उपचार जारी छ । उनको स्वास्थ्य अवस्था स्थिर तथा सुधारोन्मुख रहेको जनाइएको छ ।
इन्टर मिलानमा लुकाकु र एरिक्सन साथी खेलाडी हुन् । एरिक्सनको घटनाले आफू स्तब्ध भएको र शीघ्र स्वास्थ्य लाभका लागि कामना गरेको लुकाकुले बताएका छन् ।
३४ औँ मिनेटमा मनुयरले गोल गरि बेल्जियमको अग्रता दोब्बर पारे । लुकाकुले ८८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि टिम ३–० ले विजयी भएको हो ।