योगेश भट्टराईले भने : माधव जाने ठाउँ देउवा निवास होइन, अध्यक्ष रहेको बालुवाटार नै हुनुपर्छ’

एमाले नेता योगेश भट्टराईले एक अर्कातिर फर्किएर पार्टीभित्रको बिवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाललाई सुझाव दिनुभएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धाएर माधव नेपालको राजनीतिक छवी कायम नहुने र अन्त कतै धारएर ओलीको हैसियत नबढने भन्दै नेता भट्टराईले एक अर्काप्रति बिश्वास गर्न सुझाउनु भएको हो ।एमालेभित्रको बिवाद सैद्धान्तिक बैचारिक नरहेको र पुस ५ पछि एक अर्कामाथि गरिएको कार्वाही नै मुख्य देखिएको भन्दै उहाँले अव मिल्नुको बिकल्प दुवै नेतासँग नरहेको बताउनु भयो ।

‘अव मिल्नुको बिकल्प छैन, दुवै नेताले इगो त्यागेर एकताको बाटो समाउनु पर्छ, अध्यक्ष केपी ओली माधव नेपालतिर र माधव नेपाल अध्यक्ष ओलीतिर फर्कनु पर्छ,’ सगरमाथा टेलिभिजनलाई अन्तर्वार्ता दिँदै नेता भट्टराईले भन्नुभयो, माधव जाने ठाउँ देउवा निवास बुढानिकलण्ठ होइन, अध्यक्ष रहेको बालुवाटार नै हुनुपर्छ ।’