प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको सिलान्याश गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज भर्चुअल माध्यमबाट आज प्लान्टको सिलान्याश गर्नुभएको हो ।
शिलान्यासपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको तीव्र अभाव ब्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताउनुभयो । कोभिड १९ सिर्जित विकट परिस्थितिले यस कार्यमा प्रेरित गरेको पनि प्रधानमन्त्रीले बताउनुभयो । ‘दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यतिबेला हामीले महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं’, उहाँको भनाई थियो ।
अचान कबढेको उच्च मागलाई सम्बोधन गर्न त्यतिबेला देशमा उपलब्ध साधन स्रोत र संरचनासमेत अपर्याप्त भएपछि भारतबाट अक्सिजन आयात गर्ने लगायतका काम समेत गरिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । त्यस अवस्थामा सरकारले देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय सैय्या भन्दा बढी भएका अस्पतालले अनिवार्य रुपमा आफैले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्थासमेत ल्याएको पनि प्रधानमन्त्रीले जानकारी दिनुभयो । महामारीका समयमा त्यसबाट पनि नपुग्ने देखिएकोले लिक्वीड अक्सिजन प्लान्ट राख्ने निश्कर्षमा सरकार पुगेको जानकारी प्रधानमन्त्रीले दिनुभयो ।
दोस्रो लहर उचाइमा चढिरेहको बेला लिक्वीड अक्सिजन प्लान्ट राख्ने उद्योगी शंकर अग्रवालको प्रयास सह्रानीय एवं देशप्रति उत्तरदायी भावनायुक्त भएको पनि प्रधानमन्त्रीले बताउनुभयो । यसका साथै प्रधानमन्त्रीले कोरोना महामारीबाट अविभावकविहिन भएका बालबालिकलाई के गर्न सकिन्छ भन्नेमा विचार भइरहेको जानकारी दिनुभयो । ‘यसबारे अध्ययन हुँदैछ र त्यसअनुसार आवश्यक कदम चालिनेछ’, उहाँले भन्नुभयो । अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुृट लगायतका सहयोग गर्न सरकार तयार रहेको जानकारी पनि प्रधानमन्त्रीले दिनुभयो ।
आगामी दिनमा कोभिड १९ को महामारी हटिसके पछि अक्सिजन प्लान्टबाट उत्पादन हुने अधिक मात्राको अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्नसक्ने बताउँदै उहाँले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिने बताउनुभयो । अक्सिजनप्लाण्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटा घटाउन समेत सहज हुने भनाई प्रधानमन्त्री ओलीको भनाई थियो । छिमेकी देशका आवश्यकता र औद्योगिककरणका लागि पनि अक्सिजनको खपत बढने प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।
रुपन्देहीको सिमरहवामा स्थापित यो प्लान्टबाट प्रतिदिन कुल ६० मेिट्रकटन उत्पादन हुन्छ । यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ ।