रोनाल्डोले गरे ७६० औँ गोल, युभेन्टसले जित्यो इटालियन सुपर कपको उपाधि

क्रिष्टियानो रोनाल्डोले खेल जीवनको ७६० औँ गोल गर्दा युभेन्टसले इटालियन सुपर कपको उपाधि जितेको छ ।

बुधबार राति भएको फाइनलमा नापोलीलाई २–० ले पराजित गरेर युभेन्टसले उपाधि जितेको हो ।

रोनाल्डोसहितको युभेन्टसले नवौँ पटक सुपर कपको उपाधि जितेको हो । रोनाल्डोले गोल गरेर टिमलाई सुरुवाति अग्रता दिलाएका थिए । इन्जुरी समयमा अल्भारो मोराताले गोल गरेर युभेन्टसलाई जिताएका हुन् ।

रोनाल्डोले स्पोर्टिङ्ग लिस्बोनका लागि पाँच, म्यानचेस्टर युनाइटेडका लागि ११८, रियल मड्रिडका लागि ४५०, युभेन्टसका लागि ८५ तथा पोर्चुगलका लागि १०२ गोल गरेका छन् ।