देशलाई असफल बनाउन नदिने प्रधानमन्त्री ओलीको घोषणा

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफु असफल भएपनि देशलाई असफल हुन नदिने बताउनु भएको छ । उहाले देशको विकासमा नै सबै एकजुट भएर अगाडी बढ्नुपर्ने बताउनु भयो ।

ओली पक्षीय नेकपाद्वारा दाङमा सोमवार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई पार्टीको साधारण सदस्यबाटै हटाउने भनी अर्को समूहले गरेको निर्णयप्रति कटाक्ष पनि गर्नुभएको छ । ‘अहिले केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटायौं रे, हाँस्न मन लाग्दैन ?’ भनेर सोध्नु भएको थियो ।

पार्टी बैठक छाडेर चौतारीमा बसेर अध्यक्ष भएँ भन्दै हिँडेकालाई निर्वाचन आयोगले खतम गरिदिएको बताउनु भयो । ‘केही मान्छेहरू बैठकमा नआएर, चौतारामा बसेर म अध्यक्ष भएँ भन्दै हिँड्या थे, हिजो निर्वाचन आयोगले खतम गरिदिएछ । यहाँ अध्यक्ष कोही भा’छैन भनिदियो,’ ओलीले भन्नभुयो ।

उहाले विरोधीहरूले चाहँदैमा आफूलाई केही नहुने बताउनु भयो । ‘उनीहरूले सक्ने हो भने त भरसक केपी ओली यो पृथ्वीमै नरहे हुन्थ्यो भन्छन् । उनीहरूले भनेर त हुने हैन,’ ओलीको भनाई छ ।