आर्सनललाई प्रभावशाली जित, पुग्यो शीर्ष १० मा

आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष १० मा उक्लिन सफल भएको छ।

लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले न्यूक्यासल युनाइटेडलाई ३–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि पिएर एमरिकले दुई गोल गरे भने बुकायो साकाले एक गोल गरे ।

एमरिकले ५० र ७७ औँ मिनेटमा गोल गरेका हुन् । साकाले ६० औँ मिनेटमा गोल गरे । जितपछि १० औँ स्थानमा पुगेको आर्सनलको २७ अंक भएको छ ।