सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको नभई चोइटिएको बताएका छन् । नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला अध्यक्ष प्रदीप कटुवालले तीनपाटन गाउँपालिका आयोजित सपथ ग्रहण कार्यक्रमलाई सम्बोधनगर्दै सो कुरा बताएका हुन् ।
प्रमुख अतिथिका रुपमा सम्बोधनगर्दै उहाँले सरकारलाई काम गर्न नदिने, घेराबन्दी गर्ने र आफ्ना चाहना अनुसारका कामहरु पुरा नभएपछि संसद विघटन गर्नुपरेको उल्लेखगरे ।
सरकारको नेतृत्व गर्नुभएको पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई काम गर्न नदिने र पार्टीका नाममा सँधैभरी अप्ठेरोमात्रै पार्ने र खुसुक्क प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने एवम् सम्मानित राष्ट्रपति र प्रधानन्यायाधीसका विरुद्ध अविश्वास प्रस्ताव पारित गराएर मुलुकलाई अन्धकारतर्फ धकेल्ने षडयन्त्रपूर्ण काममाकार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल लागेकाले पार्टीमा संकट आइपरेको उनले बताए ।

पार्टी र सरकारलाई सही मार्गनिर्देश गर्नुको साटो प्रचण्ड र नेपालले सिंगो र एकतावद्ध कम्युनिष्ट पार्टीलाई विदेशीको बँुई चढेर टुट फुट र विभाजन गराउने षडयन्त्रमा लागि परेको आरोप लगाए । अध्यक्ष कटुवालले पार्टीका केही स्वार्थी नेताहरु पार्टीबाट बाहिरिएकोले उनीहरुले कुनै पनि अबस्थामा पार्टीको आधिकारिकता र चुनावा चिन्ह सूर्य दाबी गर्ननैं नमिल्ने उल्लेख गरे ।

पाहुना आउने र निस्केर गएपछि यो घर मेरो हो भनेर दाबी गर्ने प्रचण्ड र नेपालको पछिल्लो व्यवहार स्वीकार्य नहुने उल्लेखगर्दे नेता कटुवालले भनेः जहाँ केपी ओली हुनुहुन्छ, त्यहाँ नेकपा र सूर्य चिन्ह रहने भएकाले नेकपाको मुलधारमा गोलबन्द भएर पार्टी एकता रक्षाको पक्षमा उभिन सबैलाई अपील गर्दछु ।
गुट फुट र विभाजनको विरोध गरौं, सुखी नेपाली र सम्बृद्ध नेपाल निर्माण गरौं भन्ने नाराका साथ पार्टी कार्यालय चकमकेमा आयोजित कार्यक्रमलाई सम्बोधनगर्दे उनले गुट, फुट र विखण्डनमा लाग्नेहरु विरुद्ध एकजुट हुन आग्रह गरेका थिए ।

नेकपा तीनपाटन गाउँपालिका अध्यक्ष छत्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पदममायाँ तामाङ, गोविन्द राउत, हेमवहादुर श्रेष्ठ, हितलाल श्रेष्ठलगायतका वडाध्यक्षहरु, तुक्तवहाादुर पुलाम, महिला नेतृ मञ्जु दाहाल, श्याम श्रेष्ठ, देवकी श्रेष्ठलगायत तीनसयको संख्यामा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।












