सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै नेपाली सत्ता राजनीतिको जोडघटाउ र छिनाझप्टीका कुरुप व्यवहार प्रर्दशन भइरहेका बेला विभाजित भइसकेका नेताहरुलाई फेरी एकपटक साउथ व्लकले मिलाउने प्रयत्न थालेको छ । दश वर्षे सशस्त्र संघर्षका नायक र सहनायकका रुपमा रहेका पुष्पकमल दाहाल र डा.बाबुराम भट्टराई लाई एकै ठाउँमा ल्याउने माओवादी पछिल्लो साउथ व्लकको रणनीति नेकपाको विभाजनको तल्लो तहमा देखिन थालेको छ ।
जनता समाजवादी पार्टीका महासचिव एवम् पूर्व प्रधानमन्त्री भट्टराईका विश्वास पात्रका रुपमा रहेका गंगा श्रेष्ठले नेकपामा आवद्ध रहेका सिन्धुलीमा पूर्व माओवादी लिगेसीका नेताहरुलाई समाजवादीमा आउन र यदी नआए ओलीको पक्षमा नलाग्न गरेको लबिङले प्रचण्ड भट्टराईको एकतालाई नजिक्याएको छ ।
समाचार स्रोतका अनुसार नेकपा बिभाजनपछि बाक्लो उपस्थिति बनाउँदै आएका नेता श्रेष्ठले नेकपाका केन्द्र, प्रदेश तथा जिल्ला कमिटी सदस्य रहेका विगतमा भट्टराई समूहमा लागेर आफुहरुलाई साथ दिएका नेताहरुलाई आगामी चुनावमा प्रचण्ड माधव नेपाल नेतृत्वको नेकपासँग मुद्धा र एजेण्डाहरु मिलेकाले पार्टी एकता गर्नेसम्मका कुराहरु अगाडि बढेको र यदी त्यस्तो हुन सकेनभने पनि चुनावी मोर्चा बन्ने र सोही मोर्चाले सरकारको नेतृत्वगर्ने बताउँदै अहिलेनैं ओलीको पक्षमा नउभिन आग्रह गर्दैआएका छन् । नेता श्रेष्ठको यो गतिविधीले सिन्धुलीमा केही नेता कार्यकर्ता ओली पक्षमा लाग्नबाट रोकिएका छन् । जिल्ला पार्टीको नेतृत्वसँग असहमति राख्ने र नमिल्ने ती नेता कार्यकर्ताहरु सके आफ्नो पक्षमा ल्याउने र नसके ओलीका पक्षमा उभिनबाट रोक्ने उदेश्यबाट अभिप्रेरित भइरहेको छ ।
प्रधानान्त्री केपी शर्मा ओलीको संसद विघटन र त्यसपछि थालिएको सडक संघर्ष लगायतका मुद्धाहरुमा एकै ठाउँमा उभिएका भट्टराईले कार्यकारी अध्यक्ष प्रचण्ड र अर्का अध्यक्ष नेपाललाई आन्दोलन चर्काउनका लागि मोर्चा बनाएर अगाडि बढ्न सुझाएको बुझिएको छ । सोही सुझावका आधारमा प्रचण्डले नेपाली कांग्रेस र समाजवादी लगायत अन्य साना दलहरुको संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने र अन्र्तघुलनपछि निर्वाचनका क्रममा मुद्धा मिल्नेहरुका बीच पार्टी एकतागरेर एउटै चुनाव चिन्हमा लड्ने र सरकारको नेतृत्व गर्ने तहसम्ममा कुराकानी अगाडि बढेको संवद्ध स्रोतले बताएको छ । डा.भट्टराईले जनयुका अर्का नेता मोहन बैद्य र बिप्लवसँग पनि कुराकानी गरेको बुझिएको छ तर उनीहरुले प्रचण्डलाई नेता मानेर जान नसकिने र उनकै कारण माओवादी आन्दोलन समाप्त भएको र अहिले कम्युनिष्ट आन्दोलननैं संकटमा पुगेकाले विचार सहितको नेपाली कम्युनिष्ट आन्दोलनलाई रक्षा गरेर लैजान आवश्यक रहेको बैद्यले बताएको स्रोतले उल्लेख गरेको छ ।
साउथ व्लककै सक्रिय भूमिकाका कारण सत्तारुढ नेकपा विभाजन आएको र प्रधानमन्त्री ओली भन्दा अहिले प्रचण्ड विश्वासपात्र रहेको देखिएको छ । नेपालमा भारत विरुद्ध सुरुङ युद्धको घोषणा गरे लगत्तै भारतकै सहयोगमा वार्ता र सहमतिको मार्ग प्रशस्त गरेका प्रचण्डले त्यस बेला पनि डा. भट्टराईलाईनैं भारतसँग कुरा गर्न खटाएका थिए । पछि उनैलाई भारतीय दलाल भन्दै माओवादी पार्टीमा स्थापित गराइयो । अहिले पनि प्रचण्ड र भट्टराईका बीचमा सकेसम्म पार्टी एकता गर्ने र यदी नसकिए निर्वाचनमा मोर्चा बनाएर लड्ने निक्र्योल भएपछि नेता श्रेष्ठले देशैभरका माओवादी लिगेसीका नेकपाका नेताहरुलाई फेरी पनि एकै ठाउँमा ल्याउने प्रयत्न थालेपछि भारतले नेपालमा आफ्नो स्वार्थ अनुकुलको सरकार बनाउने खेलले नेकपाको भविश्यमा अन्धकार सिर्जना गरिदिएको छ । यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ । यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।