मेस्सी र ग्रिजम्यानको गोलमा बार्सिलोनाको प्रभावशाली जित

लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानको दुई–दुई गोलको सहयोगमा बार्सिलोनाले ला लिगामा सानदार जित दर्ता गरेको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनालो १० खेलाडीमा सीमित भएको ग्रानाडालाई ४–० ले पराजित गरेको हो ।

पहिलो हाफमा तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गरेको हो । उसका लागि ग्रिजम्यानले १२ र ६३ औँ तथा मेस्सीले ३५ र ४२ औँ मिनेटमा गोल गरे ।

७८ औँ मिनेटमा भालेजो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ग्रानाडा १० खेलाडीमा सीमित भयो ।

जितपछि तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाको १८ खेलबाट ३४ अंक भएको छ । १७ खेलबाट २४ अंकसहित ग्रानाडा सातौँ स्थानमा छ ।

शनिबार राति नै भएको अर्को खेलमा सेभिल्लाले रियल सोसिडाडलाई ३–२ ले पराजित गरेको छ ।