इन्डोनेशियाको समुद्रमा दुर्घटनाग्रस्त यात्रुवाहक विमानका टुक्रा र शबहरु निकाल्दै जल सेनाहरु (अपडेट)

इन्डोनेशियाको राजधानी जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेको केही मिनेटमै समुद्रमा दुर्घटनाग्रस्त भएको छ।

श्रीविजया एयर बोइङ ७३७ विमान देशको वेस्ट कालिमान्तान प्रान्तको पोन्टिआनक जाने क्रममा उडेको ४ मिनेटमै रेडारबाट हराएको थियो। इण्डोनेसियाका जल सेना तथा नाभीहरुले दुर्घटनाग्रस्त विमानका टुक्राहरु र मानिसका तैरिएका अंगहरु अहिले निकाल्ने काम भइरहेको भन्दै जाकार्ता पोष्ट डटकमले समाचार प्रकाशन गरेको छ ।

प्रत्यक्षदर्शीहरूले कम्तीमा एउटा विस्फोटन देखेको र सुनेको बताएका छन्।

उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको थियो।

Indonesian search and rescue officers inspect a bag with wreckage believed to be of the missing Sriwijaya Air plane, at Tanjung Priok port in Jakarta, Indonesia, 10 January 2021
Family members of Sriwijaya Air plane passengers wait for news at Pontianak airport, Indonesia 9 January 2021

प्रत्यक्षदर्शीहरूले कम्तिमा एउटा विष्फोटन देखेको बताएका छन्।

उनले भने: “विमान विजुली चम्किएजसरी समुद्रमा खस्यो र पानीमा पड्कियो। त्यो हामीबाट नजिकै भएको थियो। प्लाइवुडजस्तो एउटा अवशेषले झण्डै हाम्रो पानीजहाजलाई ठोकेको थियो।”

Indonesia map

विमान बेपत्ता भएको क्षेत्र नजिकैको एक टापुका केही बासिन्दाहरूले बीबीसीलाई आफूहरूले विमानको मानिसका शब र टुक्राहरु भेटेको बताएका छन्। इण्डोनेशियाली अधिकारीहरुले खोजतलासका क्रममा जहाजमा सवार यात्रुका केही शब तथा टुक्राहरु भेटिएको जनाएका छन् ।

सन् २००९ मा खिचिएको बेपत्ता विमानसेवाको एक जहाजको फोटो