कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आफ्नो घरमा रहेको २ थान तरवार नेपाली सेनाको बर्दवहादुर गणका गणपतिलाई आज बिहान हस्तान्तरण गरेका छन् । आफ्नै निजी निवासमा उपस्थित सञ्चारकर्मीहरुका बीच सेनालाई गोरखाली फौजले सिन्धुलीगढी युद्धमा प्रयोग गरेको तरवारहरु हस्तान्तरण गरेकाहुन् । मेयर खत्रीका हजुरबुबाले सिन्धुलीगढी युद्धमा अंग्रेजफौजसँग लडाईँ गर्नेक्रममा सो तरबार प्राप्त गरेका थिए । उनले भद्रकालीका एक स्थानीयले कमलामाई नगरपालिकालाई बुझाएको एक अर्को तरवार पनि हस्तान्तरण गरेका थिए ।
नेपाली सेनाको बर्दवहादुर गणले सिन्धुलीगढीमा निर्माणाधिन युद्ध संग्राहालय निर्माण गरिसकेको छ भने आगामी तीन महिना भित्र प्रधानसेनापतिले सो संग्राहालयको उद्घाटन गर्ने कार्यक्रम नेपाली सेनाले तय गरेको थाहा लागेको छ ।

