बार्यन म्युनिखले गरे माइन्जलाई ५–२ गोलले पराजित

पहिलो हाफमा दुई गोल खाएको बार्यन म्युनिखले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै ५–२ को जित दर्ता गरेको छ।

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्यन म्युनिखले माइन्जलाई ५–२ ले पराजित गरेको हो।

बुर्कार्ड्टले ३२ औँ तथा हाकले ४४ औँ मिनेटमा गोल गरि माइन्जललाई सुरुवाति अग्रता दिलाइएका थिए ।

तर दोस्रो हाफमा बार्यन म्युनिखले पाँच गोल गर्न सफल भयो। उसका लागि ५० औँ मिनेटमा किमिच, ५५ औँ मिनेटमा लिरोय साने, ७० औँ मिनेटमा सुल तथा ७६ र ८३ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेका हुन् ।

जितपछि १४ खेलबाट ३३ अंक बनाएको बार्यन शीर्ष स्थानमा पुगेको छ । अर्को खेलमा बोरुसिया डर्टमुण्डले वुल्फ्सबर्गलाई २–० ले पराजित गरेको छ ।