म्यानचेस्टर सिटीको चेल्सीमाथि प्रभावशाली जित

म्यानचेस्टर सिटी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीमाथि प्रभावशाली जित दर्ता गरेको छ ।

घरेलु मैदानमै भएको खेल चेल्सी म्यानचेस्टर सिटीसँग ३–१ ले पराजित भएको हो । सिटीका लागि १८ औँ मिनेटमा इल्केयी गुण्डोगान, २१ औँ मिनेटमा फिल फोडिन तथा ३४ औँ मिनेटमा केविन डू ब्रूयनाले गोल गरे ।

पहिलो हाफमा नै तीन गोल खाएको चेल्सीले इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा एक गोल फर्कायो । उसका लागि हड्सन–ओडोइले गोल गरेका हुन् ।

जितपछि पाँचौँ स्थानमा पुगेको म्यानचेस्टर सिटीको १५ खेलबाट २९ अंक भएको छ । १७ खेलबाट २६ अंक भएको चेल्सी आठौँ स्थानमा झरेको छ । यस्तै आइतबार राति नै भएको खेलमा जित निकालेको लेस्टर सिटी १७ खेलबाट ३२ अंकसहित तेस्रो स्थानमा पुगेको छ।