सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले दुधौली नगरपालिकाको १० वडा वडामा स्थानीय नेता कार्यकर्ताहरुसँग छलफल र अन्र्तक्रिया गरेको छ । नेपाका केन्द्रीय सदस्य विषमलाल अधिकारी, केशव देवकोटा, प्रदीप कटुवाल, नेकपा नगरअध्यक्ष लक्ष्मण कार्की, दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउत, हेमवहादुर लामा र सबै वडाध्यक्षहरुसँग छलफल गरिएको नेता कटुवालले जानकारी दिए ।
सम्वृद्ध नेपाल सुखी नेपालीको चाहना पुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोटलाई पुरा गराउन एवम् पार्टीलाई विखण्डनकारीहरुबाट जोगाउन सबै जनप्रतिनिधी, स्थानीय नेता तथा कार्यकर्ताहरु एकै ठाउँमा एक ढिक्का भएर उभिने सन्देश दुधौली नगरपालिकाले दिएको छ ।
दुधौलीका पुराना कम्युनिष्ट नेताहरु लालवहादुर कार्की रामऔतार अधिकारी दनुवार, श्याम अधिकारीलगायतले अहिलेको अबस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीललाई साथ दिएर अगाडि बढ्नुको बिकल्प नरहेको बताएका थिए । उनीहरुले नेकपालाई सुदृढ र चलायमान बनाउन एवम् मुलुकको रक्षाका लागि ओलीलाई साथ दिएर अगाडि बढ्न जरुरी रहेको कुराकानीका क्रममा बताएका थिए । अहिले अन्य नेताहरुबाट नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा हुन सक्तैन पुराना कम्युनिष्ट नेता लालवहादुर कार्कीले भने । उनीहरुले नेकपाको मुलधारमैं रहने प्रतिवद्धता जनाएका थिए ।
सिन्धुलीको नेकपाले जिल्लामा पार्टीलाई एक ढिक्क बनाउँदै निर्वाचनको तयारीमा लाग्नका लागि केन्द्रीय सदस्य र प्रदेशकमिटी सदस्यहरुलाई जिम्मेवारी तोकेको जिल्ला इन्चार्ज विषमलाल अधिकारीले जानकारी दिए ।