उत्साहित छन् महिला क्रिकेटर

शनिबारदेखि लमहीमा सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगीतमा भाग लिन चार ओटा टिमका खेलाडी यहाँ आइसकेको छ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, विभागीय टिम एपिएफ र प्रदेश नं.२ का महिला क्रिकेटर यहाँ आइपुगेका हुन।कोरोना भाइरसका कारण प्रभावित भएको क्रिकेट प्रतियोगीता लामो समयपछि सुरु हुन थालेपछि खेलाडीहरु उत्साहित भएका छन्।

‘खेल हुन्छ की हुदैन भन्ने चिन्ता थियो। कोरोनाले गर्दा देश दुनिया नै ठप्प भयो।दयनीय अवस्थाबाट बाहिर निस्किीर आएका छौं। ७–८ महिना पछी ग्राउण्डमा आउदै छौं’लुम्बिनी प्रदेशकी खेलाडी गितो गोसाइले भनिन्–‘पिएम कपले हामीलाई ग्राउण्डमा उत्रने बातावरण दियो।’

कोभिडले गर्दा अभ्यास समेत रोकिएको अवस्था थियो। खेलाडीहरु आ–आफ्नै तरिकाले खेलको अभ्यासमा थिए। प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताले नयाँ अवसर दिएकोमा खेलाडीहरु उत्साहित देखिन्छन्।‘अभ्यास पनि बन्द थियो।
पिएम कपको नाम सुन्दा वित्तिकै उत्साहित भयौं ’प्रदेश नं. २ की क्याप्टेन सरस्वती चौधरीले भनिन्–‘कोभिड–१९ को माहोलमा पनि गेम हुदैछ। खुसी छौं।’

दैनिक दुई खेल

आठ ओटा टिमलाई दुई समुहमा विभागन गरिएको छ। ‘ए’ समुहमा एपिएफ, प्रदेश नं. २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छ।‘वि’ समुहमा सुदुरपश्चिम प्रदेश, बागमती, गण्डकी र प्रदेश नं. १ छ। दैनिक दुई ओटा प्रतियोगीता हुनेछन्। शनिबार पहिलो खेल विहान ९ बजेबाट हुनेछ।

लुम्बिनी प्रदेश र प्रदेश नं. २ का विचमा विहान खेल हुने छ। दिउँसो १ बजे बाट एपिएफ र कर्णाली प्रदेशको विचमा खेल हुने छ। १२ गते आइतबार विहानको खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको विचमा खेल हुनेछ।

दिउँसोको खेल एपिएफ र प्रदेश नं. २ का विचमा हुने छ।१३ गते प्रदेश नं. २ र कर्णाली प्रदेशको विचमा खेल हुने छ । दिउँसोको खेल एपिएफ र लुम्बिनी प्रदेशको विचमा खेल हुने छ।

१४ गते सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशको विचमा खेल हुनेछ।दिउँसोको खेल बागमती प्रदेश र प्रदेश नं. १ का विचमा खेल हुनेछ।१५ गते सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ को विचमा, दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशको विचमा खेल हुने छ। १६ गते विहानको खेल सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशको विचमा, दिउँसो गण्डकी प्रदेश र प्रदेश नं.-१ को विचमा खेल हुने छ।

पुस १७ गते सेमिफाईनल खेल हुने छ।विहान ए गु्रपको विजेता र वि गुप्रको रनर अफको विचमा हुनेछ। दिउँसाको सेमिफाइनल खेल बिजेता गु्रप वि र रनर अफ गु्रप ए का विचमा हुनेछ।यी दुबै खेलबाट विजेता हुने टिम फाइनलका लागी पुस १९ गते आपसमा भिड्नेछन्।

स्वास्थ्यका सबै मापदण्ड अनुसरण

कोभिड–१९ को संक्रमणका विचमा पनि प्रतियोगीता आयोजना गर्न थालिएको छ। स्वास्थ्य सुरक्षालाई बलियो बनाउन स्वास्थ्य मापदण्ड पालना गरिएको नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष रोषण सिंगले बताए।

‘भौतीक दूरी, मास्क, स्यानीटाईजरको प्रयोग गरिने छ’ उनले भने–‘खेलाडीलाई भिडभाड बाट टाढा राखिएको छ।होटलमा समेत स्वास्थ्य सुरक्षाको पालना गरेकाछौं।’