नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादल झुक्किएर ओली समूहमा पुगेको हुनसक्ने टिप्पणी गरेका छन् ।
संसद भंग भएको दुई दिनपछि ओली र प्रचण्ड–माधव समूहले बोलाएको छुट्टा छुट्टै केन्द्रीय कमिटीको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल अनुपस्थित भएका थिए । तर बिहीबार केपी शर्मा ओलीलाई साथ दिन पुगे । ओली समूहको बैठकलाई सम्बोधन गर्दै उनले मध्यावधि निर्वाचन अग्रगमन र संसद पुनस्र्थापनाको माग पश्चगमन भएको बताएका थिए ।